घलेम्दी जलविधुत आयोजना उत्पादनको अन्तिम चरणमा ( फाेटाेफिचर )

  • १२ मंसिर २०७५, बुधबार
  • 2590 पटक पढिएको

म्याग्दी, १२ मंसिर । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा घलेम्दीखोला जलविद्युत आयोजनाले आगामी चैत भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडले ९० प्रतिशत भन्दा बढी सकिएसंगै उत्पादनको अन्तिम चरणमा पु¥याएको हो ।

१ हजार ७ सय मिटर लामो सुरुङको फिनिसिङ, ईन्टेक, पाईप जडान, र विधुतगृह निर्माणको काम अन्तिम चरणमा रहेको छ । आयोजनाले आागामी चैत महिनामा परिक्षण उत्पादन लिने लक्ष्यसहित कामलाई तिव्रता दिएको कम्पनीका संचालक सदस्य राजेश शाक्यले बताए ।

वि.स २०७१ साल कात्तिक देखि सुरु भएको आयोजनामा म्याग्दीका उद्योगी, ब्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । भौगोलिक बनावट र ढुवानीको लागत बढेको छ । जसले गर्दा ९० करोड लगानीमा सिध्याउने लक्ष्य भएपनि अहिलै १ अरव १५ करोड उत्पादनसम्म लगानी लाग्ने आयोजनाका कार्यालय प्रमुख विमल रिजालले जानकारी दिए । निलगिरिखोलाको किनारमा विद्युतगृह निर्माण र मुहानमा पनि बालुवा थिग्राउने पोखरी निर्माण लगायतको काम पनि अन्तिम चरणमा पुगेको छ।

आयोजनामा ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा भने लुम्बीनी र टुरीजम डेभलपमेण्ड बैङ्कले ५५ करोड रुपैया लगानी गरेका छन् । ४ मेगावाटको आयोजनालाई क्षमता बढाएर ५.५ मेगावाट बनाईएको छ । आयोजनामा म्याग्दीका ब्यवसायीहरुको लगानी र रोजगारिको क्षेत्रमा स्थानीयलाई प्राथमिकताका साथ दैनिक दुई सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ ।

घलेम्दीसंगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ वटा जलविद्युत आयोजना भित्रिएका छन् । त्यस्तै ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्यूत आयोजनाले समेत न्यारच्याङमा पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । यसको लागत ५ अरव रहेको छ। निलगिरीखोलाबाट ३८ मेगावाटको र ६२ मेगावाटको उत्पादन गर्न अहिले सडक विस्तारलाई अगाडी बढाएका छन् ।

समयमै यी आयोजनाहरु निर्माण सम्पन्न गर्न सकेमा नारच्याङ जलविद्यूत गाउँको रुपमा मात्रै विकसित हुनेछैन् । यसले अन्नपूर्ण गाउँपालिका, जिल्ला र गण्डकी प्रदेशकै अर्थतन्त्रमा योगदान पु¥याउदै देशको लोडसेडिङ हटाउने सकारको अभियानमा सहयोग पुग्ने देखिन्छ ।