रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

  • ९ मंसिर २०७५, आईतवार
  • कमल खत्री
  • 2836 पटक पढिएको

म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीको पहलमा संकलन भएको रु १३ लाख ९० हजार ५ सय ३० रुपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

बेलायतमा कुईनेमंगलेका मिमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीबासी र नेपलाीहरुबाट संकलन भएको सहयोग रकममध्ये विद्यालयको पुननिर्माणको लागि रु ७ लाख ९० हजार ५ सय र नदी कटानबाट घरबार विहिन भएका २ घरपरिवारलाई रु ६ लाख सहयोग उपलब्ध गराईएको हो । विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता एवम् छन्त्याल संघ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै बाढी पिडितको लागि आएको सहयोग रिखार आमा समुह खरिबोटका उपाध्यक्ष गिता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढी पिडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । याम बहादुर र चन्द्र बहादुर चन्दको घर रघुगंगा नदीकटानबाट पूर्ण रुपमा क्षती भएकाले घरको पुननिर्माणमा आमा समुह मार्फत खर्च हुने गरि सो सहयोग प्रदान गरिएको थियो । त्यस्तै सोही अवसरमा बेनी स्थित रिहगाद बहुउदेश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुननिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिब सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गर्नुभयो ।

सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले संकलन गर्नुभएको २ लाख ७७ हजार ८३३ रुपैयाँ अभियन्ता छन्त्यालका बुबा एवम नेपाली काँग्रेस कुईनेमंगले गाउँ इकाई समितिका सभापती भिमबहादुर छन्त्याल मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो । रघुगंगा नदीमा आएको भिषण बाढीले रु ५ करोड बढीको भौतीक पूर्वाधार बगाएर क्षतीग्रस्त बनेको रितङ्ग माविको पुननिर्माणको लागि सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि छन्त्याल संघ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु २ लाख सहयोगको घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि छन्त्यालले भबिश्यका कर्णधार मानिएका विद्यार्थीहरु विद्यालय भवनको अभाबमा त्रिपाल र खुलाआकास मुनी अध्ययन गर्नुपर्ने बाध्यतालाई हटाउन सबै क्षेत्रबाट सक्दो सहयोग आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्रवासीहरुबाट विद्यालयको पुननिर्माण र बाढी पिडितको लागि सहयोग जुट्नु उदाहरणीय कार्य रहेको भन्दै अभियानमा सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ खिमबहादुर छन्त्यालले नदीकटानबाट भौतीक क्षती भएर उच्च जोखिममा रहेको विद्यालयको पुननिर्माणमा आर्थिक संकलन र विद्यालय स्थानान्तरणको लागि जग्गाको खोजीकार्यलाई तिब्र बनाईएको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले गाउँपालिका हुँदै सरकारी क्षेत्रबाट समेत विद्यालयको पुननिर्माणमा पहल भैरहेको बताउँदै देश विदेशमा रहेका सहयोगदाताहरुलाई समेत सक्दो सहयोग गरि दुर्गम बस्तीका बालबालिकाहरुलाई सहज रुपमा अध्ययनको लागि बन्दोबस्त गराउने अभियानमा सहयोगको लागि आह्वान गर्नुभयो । कार्यक्रममा वडा सदस्य यामकुमारी गोतामे, रिहगाद बहुउदेश्यीय सहकारीका सह–सचिब सुनिता मल्ल, रघुगंगा आधारभुत विद्यालय चौरखानीका प्रअ चन्द्रमान छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा अध्यक्ष छन्त्यालको अध्यक्षता शिक्षक नन्दबहादुर छन्त्यालको स्वागत र बलराम खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए भने चन्दादाताहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । विद्यालयले नगद रु ५ हजार बढी सहयोग गर्नेहरुलाई सम्मान गरेको हो । नदी कटानबाट भौतीक क्षती व्यहोरेको रितुङ्ग माविमा निजी स्रोतका शिक्षकको बार्षिक लाखौँ तलब भत्ता जुटाउनुपर्ने समस्या समेत विद्यमान सरेको छ । निजी स्रोतबाट मावि तह संचालन हुँदै आएको सो विद्यालयमा निजी शिक्षकहरुको तलब जुटाउन विद्यालयको अभिभावक भेलाबाट वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन मुल समिति समेत गठन भएको छ ।

सरकारी तवरबाट दरबन्दी सिर्जना नहुँदा सम्मको लागि विद्यालयले चन्दा संकलन र सापटी मार्फत रु १ करोडको अक्षयकोष बनाउने र सोही कोषको व्याज रकमबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाउने योजना बनाईएको आर्थिक संकलन अभियानका संयोजक छन्त्यालले बताउनुभयो ।
यता बेलायतमा आर्थिक संकलन अभियानको नेतृत्व गर्नुभएका कुईनेमंगलेका मिमप्रसाद छन्त्यालले अभियानमा सहयोग गर्ने सहयोगदाता र समन्वय गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।
बेलायतबाट सहयोग गर्ने सहयोगदाताको बिबरण

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l