थ्रि एन्जलस आँधीखोला महिला समुहलाई बोल्ने कला

  • ६ मंसिर २०७५, बिहीबार
  • 2159 पटक पढिएको

पोखरा मंसीर ६ गते ।  पोखरा महानगरपालिका वडा नं. ७ स्थीत आधीँखोला महिला समुहका प्रतिनिधीहरुले महिला सशक्तिकरण तथा बोल्ने कला सम्बन्धी तलिम लिएका छन् । समुहमा आवद्ध २५ जना पदाधिकारीले महिलाहरुमा भएको क्षमता पहिचान गरि बोल्ने कला कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा उनिहरुले तालिम लिएका हुन् । कार्यक्रमको सहजिकरण गर्दै थ्रिएन्जलस सामुदायिक रेडियोका क्वालिटि कन्ट्रोल इन्सपेक्टर प्रकाश अधिकारीले महिलाले समाजमा आफूमाथि भएका वा हुने जुनसुकै हिंसा वा दुर्व्यवहारबारे आवाज उठाउन सधैँ प्रमाण पेश गर्नुपर्ने अवस्था जवरजस्त रहेका बताउनु भयो ।

शसक्तीकरणले यस्ता अनुभूतिबारे महिलाले आजकल सार्वजनिक रूपमा बोल्न सक्ने भएको भन्दै आफ्नो अधिकार प्राप्तिकालागि बोल्ने कला ब्यत्तित्व तथा नेतृत्व विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा उतार्दै अघि बढ्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका सहकारी म्यानेजर लक्ष्मी थापाले महिलालाई ब्यवहारिक जीवनमा समेत बोल्ने कला आवश्यक रहेको बताउनु भयो उहाँले तालिमले समुहका सदस्यलाई आत्मविश्वास र प्रेरणा प्रदान गरेको उहाँको भनाई थियो ।थ्रि एन्जल्सआधीँखोला महिला समुह संस्था आफैँले लघुवित्त ार्यक्रम संचालन गर्न गठन गरेको समुह हो ।

थ्रि एन्जल्स नेपाल अन्र्तरगत सुदिक्षा बचत श्रmृण क्रृण सहकारी संस्थाको आयोजनमा सम्पन्न भएको कार्यक्रममा सहभागीको तर्फबाट जानुका भण्डारी र उमा अधिकारीले तालिमको सैद्धान्तिक तथा ब्यवहारिक ज्ञानले माइकमा बोल्न सक्ने आत्मविश्वास बढेको बताए । कार्यक्रम संचालन र भाषण कला सम्बन्धि धेरै जानकारी हासिल भएको अनुभव सुनाए । आधीँखोला महिला समुहका अध्यक्ष ज्योती शाहिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उपाध्यक्ष ईश्वरी ठकुरीको स्वागत तथा सचिव सरस्वती थापाको संचालनमा सम्पन्न भएको थियो ।