द्वन्दबाट अपांग भएर संघर्षशिल देशभरका १४ नागरिकको फोटो कथा बेनीमा प्रर्दशन

  • ५ मंसिर २०७५, बुधबार
  • 2831 पटक पढिएको


म्याग्दी, ५ मंसिर । द्वन्दबाट अपांगता भएर संघर्षशिल जीवन विताएका देशभरका १४ नागरिहरुको फोटो कथाहरु समेटिएको वृतचित्र सदरमुकाम बेनीको आवारोडमा बुधबार प्रदर्शन गरिएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द पीडित अधिकार समाज म्याग्दीको सयुक्त आयोजनामा युद्धमा परेर अपांग भएका जीवीत नागरिकहरुको संर्घर्षका कथाहरु समेटिएको बृतचित्र प्रर्दशन गरिएको हो ।


दश बर्षको द्वन्द लगायत अन्य घटनाबाट अङ्गभङ्ग बनेका देशभरका १४ नागरिकहरुको जीवन समेटिएका तस्विरसहितको पुष्ठभुमि प्रर्दशन गरिएको थियो । द्वन्दबाट जीवीत भएर उनीहरुको समाजको भोगाई, पीडा, र त्ससलाई चिरेर अघि बढेका संघर्षका कथाहरु समेटिएको ‘ १४ फोटो कथाहरुः युद्धका जीवीत स्मृतिहरु’ भन्ने कितावको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विमोचन गरेका थिए ।


देशभरका १४ जना नागरिकको संघर्षपुर्ण जीवनीबारे पढ्न र सुन्न सकिने बृतचित्रमा बालक देखि वृद्धले चासोपुर्वक अवलोकन गरेका थिए । अपाङ्ग संघका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको संचालनमा भएको फोटो प्रर्दशनी कार्यक्रमको प्रजिअ अधिकारी र अनुसन्धानका प्रमुख विष्णु पण्डित लगायतले अवलोकन गरेका थिए ।


देशभरका १४ जनामध्ये म्याग्दीका दुई जनाको फोटो कथा समेटिएको थियो । द्वन्द र अन्य समयमा घटनामा परेर अपाङ्ग भएर पनि संघर्षपुर्ण जीवन विताएका ३२ बर्षिय सुरेन्द केसी र ६७ बर्षिय कृष्णलाल श्रेष्ठको बृतचित्र प्रर्दशन गरिएको थियो । केसी २०६३ साल असार १२ गते बाख्रा चराउन गएको बेला बम पड्किएर दुवै हात गुमाएका थिए । भने श्रेष्ठ २०६० साल चैत ७ र ८ गते भएको बेनी भिडन्तमा परेर एउटा खुट्टा गुमाएका थिए ।


त्यहाँ राखिएका वृतचित्र जिल्लाका राजनीतिक दल, सरोकारवाला, विभिन्न विद्यालयलयका विद्यार्थीहरु, संघसस्थाहरुका प्रमुखहरुले अवलोकन गरेका थिए । जनयुद्धका १४ जीवीत स्मृतिहरुको कथा रहेको बृतचित्र देशभर प्रर्दशन गरिएको छ ।