पुर्व शिक्षक फलफूल खेतीमा

  • ५ मंसिर २०७५, बुधबार
  • धिरन खत्री
  • 3895 पटक पढिएको


म्याग्दी, ५ मंसिर । विभिन्न रोजगारमा लामो समय विताएर अवकासपछि सबैको जिउने आधार फरक हुन्छ । तर सरकारी जागिरमा ४२ बर्ष शिक्षक विताएर अवकास लिएका एक पुर्व शिक्षक फलफूल खेतीमा ब्यस्त छन् । शिक्षक जागिरको अवकास पछि रघुगंगा गाउँपालिका–२ राखु चौउरका ६९ बर्षिय नलबहादुर कार्कीले परम्परागत कृषि खेती परिवर्तन गर्दै ब्यवसायिक कागती खेती गरेका छन् ।


पुर्व शिक्षक कार्कीले विगत ४ बर्ष देखि केही खेतीलाई परिर्वतन गर्दै १ सय १७ ओटा कागति विरुवा रोपेका थिए । सो विरुवाले ४ बर्षभित्रमै दाना दिन थालेको छ । विरुवामा राम्रो हेरचाह पुगेकोले अहिल्य आधाभन्दा बढी विरुवाले दाना दिएको छ । भने आगामी सालदेखि पुरुै विरुवाले फल दिने उनले बताए । अहिल्य फलेको कागती बेचेर ३ हजार रुपैयाको परेको छ, यसलाई थप विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

 


विभिन्न विद्यालयमा ४२ बर्ष शिक्षण पेशा गरेर आफ्नो जीवन विताएर धेरै युवायुवतीलाई विदेश तथा स्वदेशमा रोजगारको वातावरण सिर्जना गर्दै प्रेरणाका स्रोत बनेका कार्कीले ब्यवसायिक फलफूल खेतीले समुदायमा छुट्टै पहिचान बनाएका छन् । शिक्षक पेशासंगै कृषि खेती गरेका कार्की कागती खेतीलाई मुख्य आम्दानीमा विकास गर्ने लक्ष लिएका छन् ।


उनको खेतीले बेरोजगार बसेका युवाहरुलाई आफ्नै पाखोबारीमा केही नयाँ ब्यवसायिक खेती गरेर रोजगारको आधार स्वदेशमा छ भन्ने प्रमाणित गरिदिएका छन् । समृद्ध नेपाल सुखी नेपाल बनाउने सरकारको अभियानमा आफ्नै जन्मभूमिको माटोमा आम्दानीको आधार बनाउने पुर्व शिक्षक कार्कीको फलफूल खेतीबाट पछिल्लो पुस्ताले केही पाठ सिक्न जरुरी देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l