जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)

  • ३ मंसिर २०७५, सोमबार
  • 379 पटक पढिएको

सन्दीप खत्री
नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको अवलोकन गर्न पाईन्छ । त्यो सुन्दर, रमणीय र मनमोहक स्थलहरु देखिने ठाउँको नाम हो बेलहिल अर्थात बेलढुङ्गा ।


बेनी नगरपालिका वडा नं. ३ भकिम्लीमा रहेको बेलहिल अहिले पर्यटनको हिसावले प्रशस्तै सम्भावना बोकेको स्थानको रुपमा परिचित छ । यस अघि त्यहाँ जाने विभिन्न योजना बनाउँदा बनाउँदै पनि जाने अवसर जुटेको थिएन । यसपालि भने म्याग्दी उद्योग वाणिज्यको मूख्य आयोजनामा सञ्चालन भईरहेको म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा कम्सेकम केही न केही स्थानहरुको भ्रमण गरी त्यस ठाउँको पर्यटन विकासमा टेवा पु¥याउनु पर्छ भन्ने ध्यले २०७५ मंसिर १ गतेका दिन हाम्रो टोली बेलहिलमा पुग्यो ।


म्याग्दी उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष तथा म्याग्दी भ्रमण वर्ष–२०७५ का अभियान्ता राजेश शाक्य दाईको नेतृत्वमा हामी त्यहाँ पुगेका थियौ । भ्रमण वर्ष सफल बनाउनका लागि हामीले पनि आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्छ भनेर राजेश दाईकै योजना मुताविक भकिम्लीको यात्रा तय ग¥यौ । यस वर्ष सकेसम्म प्रत्येक शनिबार जिल्लाका केही न केही स्थानहरुको भ्रमण गर्ने हाम्रो योजना छ । सोही योजना अनुसार हाम्रो टोलीले टोड्के रुइसेको भ्रमण गरिसकेको छ । शनिबार विहान ६ बजे बेनीबाट हाम्रो टोली बेलहिलतिर हुईकियो । टोलिमा अमर बानियाँ, भोजबहादुर रिजाल, खम थापा, खिम पुन, पत्रकार मित्रहरु प्रताप बानियाँ, धिरन खत्री र म गरी ८ जना थियौ ।

बेनीबजारलाई छोडेर बगरफाँट, थामडाडा हुँदै ड्राईभर विरेन्द्र मल्लले गाडिलाई हुइकाउँदै लगे । थामडाडाबाट उकालो लागेपछि बाटोमा कालिज भेटियो । त्यसले त्यहाँ जंगली जनावर प्रशस्त छन् भन्ने महसुस गरायो । जंगली पशुपछिंको चिरचिरविर आवाजले वातावरण रोमाञ्चित बनेको थियो । रमाईला, ठट्यौली कुराकानी गर्दै गाडि उकालो चढी नै रह्यौ । बाटोमा सुन्तलाका बोट प्रशस्तै भेटिए तर लटरसम्म सुन्तला फलेका बोट भने राम्रोसँग देख्न पाईएन । रफ्तारमै झन्डै पौने ८ बजे डोलेमा पुगेर गाडि रोकियो । वगरफाँटबाट माथिल्लो बाटो आएको भए छिटो आईने रहेछ हामी तल्लोबाटो आएकोले अलि ढिला भयो । गाडिबाट झरेपछि मौसम हे¥यौ । लगभग बादलले हिमालहरु ढोकेको थियो । मौसम खुल्दैनकी भन्ने चिसोले मन छोयो । तर राजेश दाईले मौसम जसरी पनि खुल्न भनेर ढाढस दिनु भो ।

डोलेमा तातो चियासँगै नमकिन खायौ । लोक्कल भागोमा काँक्रो मोलेर बनाएको अचारले भकिम्लीको स्वाद दियो । खाजा खाँदा खादौ माछापुच्छ«े हिमालको चुचुरो देखिन थाल्यो । त्यसको केही बेरमा धौलागिरीको पनि चुचुरो देखिन थाल्यो । यति भएपछि मौसम खुल्छ भन्न कुरामा मन ढुक्क भो । विहानको खाजाको रुपमा लोक्कल कुखुराको मासु, भुजा र अण्डा खायौं । त्यसको केही बेरमा वडा सदस्य रत्न सर लगायतका अन्य स्थानीयहरु हाम्रो स्वागतका लागि आउनु भो ।


डोलेको केहीबेरको बसाईपछि यात्रा स्वार्गश्रम (पुरानो नाम भक्तिनी डाडा) तर्फ लाग्यौ । बाटो मर्मत गरेकोले गाडि स्वर्गाश्रम भन्दा थोरै तलसम्म जादो रहेछ । तर सजिलै भने जान सक्ने अवस्था थिएन । अलिकति जोखिम मोलेरै भएपनि गाडि लग्यौ । हामीसँगै स्थानीय व्यक्तिहरु पनि हुनुहुन्थ्यो । हामी र स्थानीय गरी झन्डै २० जनाको हाराहारीमा स्वर्गाश्रममा गयौ । त्यहाँ पुग्दा घडिले विहानको १० बजाईसकेको थियो । स्वर्गाश्रममा पुग्दा साँच्चै फरक खालको अनुभूति भयो । स्वर्गाश्रम नाम आफैमा काफि छ, यसको धेरै वर्णन गरीराख्न पर्दैन । स्वर्गाश्रममा रहेको गणेश मन्दिर पछाडिबाट देखिने दृश्यहरु पनि अत्यन्तै मनमोहक, लोभलाग्दा । त्यही डिलमा बसेर प्रकृतिको अनुपम सुन्दरतासँग मितेरी गासिरहँु जस्तो । त्यहाँबाट देखिने दृश्यहरुको अवलोकन ग¥यौ । बडो आनन्द आयो ।


हाम्रो गन्तव्य अझै पुरा भएको थिएन । हामीलाई बेलहिल जानु थियो । राजेश दाईको खुट्टामा लिगामेन्टको समस्याकाका कारण माथि जानु भएनन् । हामीसँगै जानु भएका स्थानीय ३ जना दिदीहरु स्वर्गाश्रममा हामीलाई खाजा, खाना बनाउनका लागि त्यही वस्नु भयो । अझ भनौ हाम्रो यात्रा सँगसँगै बनभोजको थियो । बेलहिलबाट लोभलाग्दा दृश्यहरु हेर्नका लागि मन आतुर थियो । त्यसैले खुट्टा उकालोमा पनि गाह्रो नमानिकन लम्कदै थियो । १०÷१५ मिनेटको हिडाईपछि यो बजारको तेस्रो होइन गाउँको उकालो हो भनेर संकेत ग¥यो । वर्षौ त्यही उकालो ओरालो हिडेको खुट्टालाई जर्वजस्त हिड भनेर निर्देशन दिनु पर्ने अवस्था सिर्जना भयो । तैपनि गफ, कुराकानीले यात्रालाई सहज नै बनायो । देउरालीमा पुगेर एक छिन आराम ग¥यौ । म्याग्दी र बागलुङ जिल्लाको सिमाना पर्दोरहेछ । त्यहाँबाट बेलहील बडो आकर्षक देखियो । त्यहीबाटो हूदै म्याग्दी र बागलुङका मानिसहरु आवत जावत गर्ने भएकोले बाटो राम्रो नै थियो । जब देउरालीबाट उकालो लागियो तव सकस हुन थाल्यो ।


गुराँसका फेद, खरमा समाएर हिड्नु पर्ने । मैले सुरुवात मै वर्णन गरेजस्तै चलनचल्तीको भाषामा नाक नै ठोकिने उकालो । खुट्टा चिप्लियो भने सिधै फेदमा । बेलहिलको प्रचार प्रसार पर्यटन प्रवद्र्धन गर्ने हो भने सबैभन्दा पहिलो बाटो बनाउनु पर्ने देखियो । त्यहाँ आउने पर्यटकहरुलाई सहज रुपमा आउने जाने वाटो हुनुपर्छ । जोखिम नै मोलेर गए जस्तो । अन्ततः हामी गन्तव्य स्थल बेलहिल पुगी छाड्यौ । विहान ११ बजेको हावाको झोक्काले स्वागत ग¥यो । तलबाट सिधै माथि गएर यताउता गर्न सक्ने अवस्था रहेनछ । हामीसँग गएका साथीहरु पनि एकछिन रेष्ट गरेर बल्ल यताउता हेर्न थाल्नु भो कारण बेलहीलबाट तल देखिने दृश्य ।
बेलहीलमा पुगेपछि बाटोमा भोगेका कष्टहरु चिसो सिरेटोसँगै उडी गए । मन एकाएक रोमाञ्चित भयो । ओठहरु अनायासै मुस्कुराउन थाले, गुनगुनाउन थाले । नयनहरु झिमिक्क पनि गरेनन्, एकनास हेरीरहे । ओठबाट वस एउटै शब्द निस्कीयो “वाह वाह क्या सिन छ ।” साँच्चै त्यहाँबाट आँखै लगाडि देखिने हिमश्रृङखलाहरु मुस्कुराएको देख्दा कसको मन नलोभिएला । एउटा चट्टानमा बसेर चारैतिरका दृश्यहरु देख्न पाउँदा कसका नयनहरुले आनन्दको अनुभूति नगर्लान । बेलहीलको प्रमुख विशेषता भनेको नै यही हो । हिमालको सामुन्ने पहाडको शिखरमा बसेर चारैतिरका दृश्यहरु देख्न सकिने । म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, गुल्मी लगायतका झन्डै ८ वटा जिल्लाका केही न केही भागहरु देख्न सकिने रहेछ । त्यहाँको आनन्द वस महसुस गर्न मात्र सकिन्छ, शब्दमा वयान गर्न सकिदैन । बेलको आकारमा भएकोले र परापूर्वकालमा भिष्मले फालेको ठेलो त्यहाँ आएर अड्कीएकोले त्यसलाई बेलहील भन्न थालिएको भन्ने किन्बदन्ती पनि सुनियो । २८०० मिटरको उचाईमा रहेको बेलहीलमा चिसो वतास चलिनै रह्यो । तर पनि हामीलाई भने छोड्न मन नै भएन । झन्डै डेढ घण्टा त्यही डिलमा वितायौ । हिमालको फेदमा रहेका आकर्षकहरु गाउँहरु हाम्रा रोजाईमा परे । म्याग्दीमा यतिका धेरै हिमालहरु हुँदा पनि पहाडी जिल्लाको रुपमा परिचित हुँदा पनि दुःख लाग्यो । धित मरुन्जेल फोटो खिच्यौ । विहानको भन्दा मौसम धेरै खुलेको थियो तर पनि बादलको पछि पुरै घुम्टो उघार्न मानेन । त्यो दृश्य पनि अत्यन्तै मनमोहक थियो ।


भोकले पनि विस्तारै पेल्न थालेपछि साढे बाह्रबजेतिर त्यहाँबाट फर्कियौ । खरको सहायतामा नै ओरालो झ¥यौ । डिलबाट तल झरेपछि डिलमा कति चिसो थियो भन्ने बल्ल महसुस भयो । खम जि र म कुराकानी गर्दा गर्दै सबैलाई पछि छाडेर अघि आईपुगेछौं । मकै, भट्ट र चिया तयार थियो । खाना पाक्ने क्रम जारी थियो । बेलहिलको चिसो मेटाउनका लागि लोक्कल भालेको सुप तयार हुँदै थियो । लामो समयपछि मकै, भट्ट खान पाउँदा हामी कम्ती मख्ख थिएनौं । स्वर्गाश्रमबाट दृश्यहरु हेर्ने रहर पुरा भएकै थिएनन् । अमर बानियाँ दाई त्यही एकछिन ध्यानमा वस्न थाल्नु भयो । राजेश दाईले त्यस ठाउँको पर्यटन विकासका लागि भौतिक पूर्वाधार आवश्यक छ भन्दै बहस सिर्जना गर्नु भयो । मन्दिर निर्माणका लागि राजेश चन्दा समेत दिनु भयो । स्थानीयहरुले मन्दिर निर्माणको अभियान थालनी भएको घोषणा गरे । टिममा भएका साथीहरुले सक्दो आर्थिक सहयोग गर्नु भयो ।


झन्डै २ बजे वनभोज भनौ अथवा विहानको खाना तयार भयो । बजारमा थुप्रै मर मसला हालेर बनाएको भन्दा सयौ गुणा मिठो लाग्यो लोक्कल भालेको सुप । भोजबहादुर रिजालले माछा तालमा डुब्यो भन्दै ठट्टा गरे भातलाई सुपले ढाकेको देखेर । साथीहरुले सुपको साथमा ज्यान तताउने सुप पनि खान भ्याए । स्थानीयहरुको सहयोगले हाम्रो भ्रमण पूर्ण रुपमा सफल भईरहेको थियो । अन्ततः चिसो ज्यादै बढ्न थालेपछि हामीले स्वर्गाश्रम र बेलेहीललाई छाडेर बेनीतर्फ फर्कने निश्चय ग¥यौं । स्थानीयले फुलमालाले स्वागत÷विदाई एकै पटक गरे । त्यो न्यानो आतित्थ्यले हामीलाई पटक पटक त्यहाँ जाउँ जाउँ लाग्ने बनायो । स्वर्गाश्रमबाट फर्कनेक्रममा बाटोमा अर्को बनभोज पनि चलिरहेको छ । जहाँ सेलरोटीको वासनाले मगमग गरिरहेको थियो । एकैछिन गाडि रोकेर त्यस बनभोजमा पनि सहभागी भई रोटी खायौ ।


साँच्चै बेलहील र स्वार्गश्रमको पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा पहिले बाटोलाई व्यवस्थित गर्न आवश्यक छ । प्रचार प्रसारको साथसाथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष जोड दिने हो भने समग्र बेनी नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ बेलहीलले । बेलहीलमा पर्यटकहरुलाई दृश्यावलोकनका लागि रेलिङ हालेर निर्धक्कका साथ बस्न सक्ने बनाउनुपर्छ । पर्यटकहरुलाई एकरात भकिम्लीमा वस्नका लागि राम्रो खाने र वस्नेको व्यवस्था गराउनु पर्छ । विहान बेनीबाट बेलहील पुगेर फर्कन चाहे पर्यटकहरुका लागि उचित खाजा खाने, कोसेली ल्याउने कुराहरुको वन्दोवस्त गर्न सकेमा पक्कै पनि यहाँको पर्यटनले फड्को मार्नेछ ।


डोलेमा आएर चमञ्चा पिङ पनि खेल्यौ । भकिम्लीको सुन्तला ल्याउने रहर भने पुरा भएन । ड्राईभर दाईले डोलेबाट गाडि ओरालो लगाए । पर देखिएको बेनीबजार नजिक नजिक बन्दै गईरह्यो । गाडि आफ्नै रफ्तारमा अगाडि बढ्दै थियो मेरो मानस्पटलमा भने बेलहिलबाट देखिएका सुन्दर हिमालहरु, वस्तीहरु र हरियाली जंगलहरु घुमिरहेका थिए ।