स्वर्गाश्रम र बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

  • २ मंसिर २०७५, आईतवार
  • धिरन खत्री
  • 3572 पटक पढिएको


म्याग्दी, २ मंसिर । बेनी नगरपालिका–३ भकिम्लीमा रहेकोे मुसुङ र बागलुङको काठेखोला गाउँपालिका ओखलेको सिमानामा रहेको प्राकृतिक भ्युटावर बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । समुद्री सतहदेखि २८ सय मिटर उचाई रहेको बेलढुङ्गाबाट दर्जनैे हिमश्रृखलाहरु र आठ जिल्लाको मनोरम डाडाहरुको दृष्य अवलोकनले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।


प्राकृतिक रुपमा रहेको बेलढुङगामा पुग्ने पर्यटकले धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरुको दृष्यसंग रमाउछन् । भने सो स्थानबाट म्याग्दी, पर्वत,बागलुङ, मुस्ताङ, लगायतका ८ जिल्लाका मनोरम डाडाहरु देख्न सकिन्छ । म्याग्दी भ्रमण बर्ष लक्षित गरेर वडाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा रहेको एतिहासिक धार्मिक क्षेत्र स्वार्गाश्रम, स्थानीय उत्पादन, आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गाको विकासमा जागरुक भएका छन् । सदरमुकाम बेनी देखि डेढ घण्टा यातायात सेवाबाट सुर्केमेला राखु, भकिम्ली, डोले लगायत क्षेत्रका सुन्तला बगैचा, चिटिक्क घरहरुको दृष्यसंगै धार्मिकस्थल स्वर्गाश्रम हुदै बेलढुङ्गा पुग्न सकिन्छ ।


धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अम्मर बानियाले धौलागिरि लगायतको दर्जनौ हिमाल, विभिन्न जिल्लाको बस्ती देखिने बेलढुङ्गाको पर्यटन विकासका लागि पुर्वाधार निर्माण आवश्यक रहेको बताए । हिमालै हिमालको जिल्ला भएपनि पहाडी जिल्लामा कायम हुदाँ बेलढुङ्गा जस्तै धेरै जिल्लाका पर्यटकियस्थल ओझेलमा परेको भन्दै जिल्लाका सरोकारवालाले ध्यान दिनुपर्नेमा आग्रह गरेका थिए ।
स्थानीयले स्वर्गाश्रमदेखि करिब एक घण्टाको पैदल दूरीमा रहेको बेलढुंगा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको वडा सदस्य एवम् स्वर्गाश्रम ब्यवस्थापन समितिका अध्यक्ष रन्त जिसिले बताए । सडकलाई फराकिलो, पदमार्ग, मन्दिरका पुराना जिर्ण सत्तलको पुर्ननिर्माण र बेलढुङ्गामा रेलिङ र बाटो बनाउने योजना वडाको प्राथमिकतामा रहेको जिसिले बताए ।


करिब २०० वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँको रुपमा परिचित छ । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको समितिका अध्यक्ष जिसिले बताए ।


स्वर्गाश्रमबाट मनोरम हिमशृंखला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीलाई समेत अवलोकन गर्न सकिन्छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचारप्रसार गरी पर्यटन विकास गर्नसकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई समेत भित्र्याउन सकिने सम्भावना देखिन्छ ।
आश्रम नजिकै रहेको गुफामा धेरै तपस्वीले तपस्या गरेको इतिहास बोकेको यस क्षेत्रको प्रचारप्रसारसँगै पदमार्ग, आश्रमस्थललाई थप व्यवस्थित गर्ने, मन्दिर निर्माण गर्ने र ध्यान एवं तपस्या गर्ने व्यवस्थित थलो बनाउने योजनालाई त्यहाँ पुग्ने पर्यटकले केही रकम सहयोग गर्दै आएका छन् । उनले भने ।


स्वर्गाश्रम पुगेका म्याग्दी उद्योग वाणिज्य संघका दिप्तृय उपाध्यक्ष राजेश शाक्यले बेलढुंगा र स्वर्गाश्रम जस्ता पर्यटन प्रवद्र्धनको सम्भावना भएका धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार, लागि म्याग्दी भ्रमण बर्ष २०७५ आयोजना गरिएको बताए । उनले स्थानीय उत्पादनलाई रोजगारीको रुपमा विकास लागि पर्यटन विकास प्रमुख आधार रहेको भन्दै पुर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका थिए ।
स्थानीय तहमा रहेका पर्यटकिय स्थलको पर्यटन प्रवद्र्धनको लागि पदमार्ग, होमस्टे, बन्यजन्तु संरक्षण लगायतको आवश्यक पुर्वाधार समयमै निर्माण र संरक्षण गर्न सकेमा पर्यटन प्रमुख युवाहरुको रोजगारीको माध्यम बन्ने देखिन्छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l