गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम

  • १ मंसिर २०७५, शनिबार
  • 1333 पटक पढिएको

म्याग्दी, १ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिबार एकदिन अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न भएको छ । बेनी उपशाखाले आयोजना गरेको तालिममा अभिकर्ताको काम, कर्तब्य र जिम्मेबारी, विमा मार्फत ब्यक्तिगत बचत तथा परिवारको उन्नती, सुरक्षाका दृष्टिले जिबन विमाको महत्व, कम्पनीका विभिन्न योजनाहरुका बारेमा जानकारी गराइएको थियो ।तालिममा अभिकर्ताले खेल्नुपर्ने भूमिका र आवश्यकताबा बारेमा सचेतना, नयाँ सेवा तथा विभिन्न कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले सहजीकरण गरेका थिए ।

कम्पनीले बीमितहरुको चाहना बमोजिम सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा योजनालाई बजारमा ल्याएको क्षत्रीय प्रमुख पौडेलले बताए ।‘गुराँसका सेवामा आर्कषण धेरै छ,‘छुटा आश्वासन दिएर आर्कषित गर्नेहरुबाट सचेत बनाउनुपर्छ’ पौडेलले भने । बुढेशकालको लागि तथा आफ्नो सन्ततीको लागी समय अनुकुल पेन्सन योजना ल्याइएको बताउँदै विमा गरेवापत आजिवन पेन्सन पाइने र मृत्यु भएपछि परिवारले समेत पाउने उनले बताए । एकदशक देखी नेपाली विमा कम्पनीमा आफ्नो छुटै पहिचान बनाउन सफल कम्पनीले बीमितलाई आर्कषित गर्न सुविधै सुविधाका बारेमा अभिकर्ताले प्रष्ट जानकारी गराउन सक्ने गरी तालिम प्रदान गरिएको थियो ।

तालिमको अवसरमा कम्पनी मार्फत बजारमा आएका सुरक्षित भविस्य विमा योजना,गुराँस बार्षि नगद फिर्ता योजना, जीवन रक्षक सावधिक विमा सहित विमितलाई विभिन्न पुरस्कारका बारेमा कम्पनीका धौलागिरी इन्र्चाज विष्णुप्रसाद तिवारीले जानकारी गराएका थिए । तालिममा म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट ३५ जना सक्रिय अभिकर्ताको सहभागिता रहेको म्याग्दी उपशाखा इन्र्चाज प्रकृति पौडेलले जानकारी दिईन् । यसैबीच तालिमको अवसरमा अभिकर्तालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । म्याग्दीमा मासिक रुपमै अभिकर्ता तालिम सञ्चालन गरिने छ ।