अन्नपूर्ण गाउँपालिकाको आँठौ गाउँसभा (फोटोफिचर)

  • ३० कार्तिक २०७५, शुक्रबार
  • 1803 पटक पढिएको

 

पोखरेबगर ३० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप सवा तीन करोड रुपैयाँ बजेट ल्याएको छ ।गत आर्थिक वर्षमा खर्च हुन नसकेर रहेको तीन करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम शुक्रबार पोखरबगरमा भएको आठौ गाउँसभाले पारित गरेको हो । यसअघि गत असारमा भएको गाउँसभाबाट २७ करोड ३८ लाख ७९ हजार ३९ रुपैयाँ बजेट पारित भएको थियो ।

उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको बजेट, योजना तथा कार्यक्रम पारित भएको र समय अभावका कारण शनिबार बिहान ८ बजेसम्मका लागि गाउँसभा स्थगित भएको कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।सहकारी विधेयक, संस्था दर्ता तथा नविकरण, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र बेरुजु फस्यौट प्रतिवेदन गाउँसभामा पेश भएको छ ।

गाउँसभाले थप बजेट, योजना तथा कार्यक्रम पारित गरेपछि कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । यसअघि चालीस लाख रुपैयाँ बजारबरका योजना तथा कार्यक्रम बनाएका ८ वटा वडालाई थप बीस लाख रुपैयाका दरले बजेट वितरण गरिएको छ ।यसैगरी गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि एक करोड ६७ लाख रुपैया बिनियोजन भएको छ । गाउँसभामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले पर्यटन, जलविद्युत, कृषि, वनपैदावर, पशुपालनको माध्यमबाट अन्नपूर्ण गाउँपालिकालाई सम्बृद्ध बनाउन सकिने बिचार व्यक्त गर्नुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधीहरुले ढम्ब त्यागेर समन्वय गरी काम गरेर देखाउने अवस्था आएको सुझाव दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिक्षाको गुणस्तर सुधारका लागि टेलिटिचीङी, पोखरेबगरमा कृषि उपज संकलन केन्द्र, पूर्वाधार योजनाको सफल कार्यान्वयन, पारदर्शीता, दिगोपना र प्रभावकारी बनाउन सबै पक्षको समन्वय र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । वाइट
नेकपाका नेता खड्ग गिरी र नेपाली काँग्रेसका अनिल हिचारनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रह त्यागेर समन्वयका साथ काम गर्नुपर्ने बताउनुभयो ।

२ नम्बर वडाका अध्यक्ष ओमप्रकाश फगामी र जिल्ला समन्वय समितिका सदस्य बोमाया गर्बुजाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष डमबहादुर पुनको अध्यक्षता, ६ नम्बर वडा घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको सञ्चालन र गाउँसभा सदस्य वुद्धी पुनको स्वागत मन्तब्यमा गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँसभामा सदस्यहरुले गाउँसभाका सदस्यहरुको भुमिका कमजोर बनाइएको र ताली पिट्ने कामका लागि मात्र सिमिति बनाइएको भन्दै आफ्नो अधिकारको सक्रियताका साथ प्रयोग गर्ने बताएका थिए ।

????????????????????????????????????