मोना बेल्जियमले मोना आईडल आयोजना गर्दै

  • २३ चैत्र २०७३, बुधबार
  • 2365 पटक पढिएको

म्याग्दी, २३ चैत । बेल्जियममा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मोना आईडल आयोजना गरेको छ । नेपाली नयाँ बर्ष तथा मोना बेल्जियमको नबौँ बार्षिकोत्सवको अबसरमा आगामी अप्रिप १६ तारिकका दिन सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा युरोपको विभिन्न देशमा रहेका म्याग्देलिहरुले सहभागिता जनाउने मोना बेल्जियमका निवर्तमान अध्यक्ष घनश्याम शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो प्रतियोगितामा बिजयीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सो अबसरमा लाइभ दोहारी प्रतियोगिता संगै विविध साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।  सो कार्यक्रममा चर्चित लोक गायक थानेश्वर गौतम र लोक गायीका सुमि घिमिरे लगायतका कलाकारहरुले समेत आफ्नो प्रस्तुती राख्नेछन् । नयाँ बर्षको अबसरमा मोना बेल्जियमले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ भने जिल्लाको सामाजिक क्षेत्रमा समेत बर्षेनी सहयोग गर्दै आएको छ ।