छन्त्याल संघको राष्ट्रिय भेला दाङमा हुँदै

  • ३० कार्तिक २०७५, शुक्रबार
  • 2918 पटक पढिएको

म्याग्दी, ३० कात्तिक । नेपाल छन्त्याल संघ केन्द्रिय समितिको दोस्रो राष्ट्रिय भेला दाङमा हुने भएको छ । ‘पहिचान प्रतिनिधित्व संगठन र स्वायतताको लागि विचार बिमर्श गर्ने बेला, छन्त्याल जातिको हकहित र अधिकारको लागि दोस्रो राष्ट्रिय भेला’ भन्ने मुल नाराका साथ मंसिर ८ गते दाङको तुलसीपुरमा संघको दोस्रो राष्ट्रिय भेला गर्ने तयारी गरिएको हो ।

मुलुकको संघिय संरचना अनुसार संघको संरचनालाई समेत सोही अनुरुप विस्तार र निर्माण गर्नको लागि विद्यान संसोधन, र बृहत छलफलको लागि भेला आह्वान गरेको अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । भेलामा देशभरबाट २ सय बढी प्रतिनिधि तथा परिवेक्षकहरुको सहभागीता रहने प्रचार प्रसार समितिका संयोजक तारामिलन छन्त्यालले जानकारी दिनुभयो । छन्त्याल संघको अहिले ४ वटा भातृ संगठन , ३ वटा प्रदेश समिति र १४ वटा जिल्ला समिति रहेका छन् ।