प्रचण्ड र बादललाई म्याग्दी उद्योग वाणिज्य संघमा स्वागत

  • २८ कार्तिक २०७५, बुधबार
  • 3212 पटक पढिएको

म्याग्दी, २८ कात्तिक । पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । तिनदिनसम्म म्याग्दी बसाई गरेका प्रचण्ड र बादललाई विहिबार उद्योग वाणिज्य संघको टिमले स्वागत एवम् सम्मान गरेको हो ।श्रीमती सिता दाहालको उपचारमा तातोपानी कुण्ड डुब्न आएका प्रचण्डले तिनदिनसम्म पाटी कार्यकता भेटघाट, जिल्लामा संचालित गौरवका ठुला योजना निरिक्षण तथा विभिन्न संघसस्थाको भेटघाटमा ब्यस्त भएका थिए ।


स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले सार्वजनिक खरिद ऐन ब्यवहारिक नहुदाँ विकास निर्माणमा बाधा उत्पन्न भएको बताउदै सरकारले खरिद ऐन संसोधनमा पहल गरेको बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउन राज्य र ब्यवसायीहरु एक रथका दुई पाङ्गाको रुपमा अघि बढ्नुपर्ने बताए ।


करको चौतर्फी विरोध भएपनि राज्यको विकासका लागि कर महत्वपुर्ण रहेको बताउदै ब्यवसायीहरु पारर्दशी रुपमा राज्यको नीतिनियममा अघि बढ्न आग्रह गरे । विदेशी तथा स्वदेशी लगानीलाई गुणस्तर र पारदर्शी बनाउन सरकारले ध्यान दिएको छ बताउदै उद्योगी ब्यापारी राज्यको विकासको सहयोगी बन्न उद्घोष गरे । सिहदरवारको अधिकार स्थानीय तहबाट जनतालाइ उपलब्ध गराउन देशका पहिलो चोटी संघियता लिएको बताउदै सबै क्षेत्रबाट कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए ।


त्यस्तै कार्यक्रममा गहृमन्त्री थापाले ब्यवसायी र उद्योगीहरुको सुरक्षाका लागि सरकार तयार रहेको बताउदै अवैध कारोबारलाई निर्मुल गराउन सबैले सहयोग गरिदिन आग्रह गरे । गृहमन्त्री थापाले कालोबजारी, मधिरा र लागुऔषधी न्युनिकरण गर्नका लागि सरकारले नीतिगत परिवर्तनमा जोड दिएको बताए । गृहमन्त्री थापाले मदिरा र लागूऔषध न्यूनीकरणका लागि प्रहरी, स्थानीय तह, ब्यवासायी र समुदायको महत्वपुर्ण भूमिका रहेको भन्दै समन्वय गरेर देशमा शान्ति सुरक्षा कायममा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।


संघका अध्यक्ष उत्तम कर्माचार्यले ब्यवसायीको समस्या र म्याग्दी भ्रमण बर्ष २०७५बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश सांसद, राजनीतिक सल्लाकार, सरोकारवाला, संघका सदस्यहरुको उपस्थित रहेको थियो । संघका अध्यक्ष कर्माचार्यको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको समापन मन्तव्य र महासचिव लिलाराम गौतमको संचालनमा स्वागत कार्यक्तमसम्पन्न भएको थियो ।