पुलको काम गराउने की कारबाही गर्ने ? स्थानीयवासी

  • २८ कार्तिक २०७५, बुधबार
  • 1953 पटक पढिएको

सुन्दरकुमार थकाली

मुस्ताङ,२८ कार्तिक ।

वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नं. ४ एक्लेभट्टीमा निर्माणधिन एक्लेभट्टी–पाक्लिङ जोड्ने पक्की मोटरेबल पुलको काम लामो समय देखि रोकिएपछि वारागुङ मुक्तिक्षेत्र गाउपालिका ५ का स्थानीयवासीको धैर्यताको बाध टुट्न पुगेको छ ।पुल बन्ला र सुविधा प्राप्त गरौला भन्ने उनीहरुको सपना अझै पुरा हुन सकेको छैन् ।पुलको लथालिङ भएर रोकिएपछि प्रशासन समक्ष कि पुलको काम गराउक ी कारवाही गर भन्ने दवाब दिएका छन् ।उनीहरुले पूनः पुलको काम संञ्चालन नभए सडकनै ठप्प पार्ने सम्मको चेतावनी दिएका छन् । पुलको काम सुरु हुुनु पर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले यस्तो चेतावनी दिएका हुन् । पुलको काम सुरु भएयता ४ वटा सिडियो फेरिए पनि काममा ढिलासुस्ती रहेका भन्दै असन्तुष्टि व्यक्त गरे ।

वडा नम्बर ५ का वडाअध्यक्ष राप्के गुरुङसहितका स्थानीयवासीको समूहले प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री समक्ष पुलको काम तदारुकताका साथ अघि बढाउन ज्ञाापनपत्र मार्फत ध्यानआर्कषण गराए।ज्ञाापनपत्रमा निर्माण कप्पनीका प्रतिनिधिले प्राविधिक समस्या तथा बिभिन्न बहानाबाजी गरेर पुलको काम संम्पन्न गर्ने छेकछन्द नदेखाएको आरोप लगाउदै उनीहरुले छिट्टै काम सुरु नगरे जनता सबै उत्रिएर सडकनै ठप्प पार्ने चेतावनी दिए ।उनीहरुले पर्ख र हेरको समय समाप्त भएको उल्लेख गर्दे अब यथाशिघ्र काम संञ्चालन गर्ने वा काम गर्न नसक्ने ठेकेदारलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउनका लागि प्रशासनले एक्सन लिनुपर्ने माग गरे।वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको पाक्लिङ,फल्याक,धाकार्जुङ,शान्ता लगायत छिमेकी जिल्ला डोल्पा जोड्ने महत्वपूर्ण स्थानको मोटरेबल पुल भएकाले यसलाई गम्भिर रुपमा लिन समेत उनीहरुले प्रशासन समक्ष ध्यानआर्कषण गराए ।

ज्ञापनपत्रमा २–२ पटक पुलको म्याद थपिदा समेत कुनै प्रगति नभएको जनाए ।‘हामी सामान्य रुपमा प्रस्तुत भएका छौ,सुन्य सहनशिलताको समय सक्कियो ,छिटो काम गर्नु प¥यो ।’उनीहरुले भने । वारागुङ मुक्तिक्षेत्र गाउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राप्के गुरुङले पुलको बिषयलाई लिएर पटक पटक डेलिगेशन आएर सचेत गराउदा समेत काम नभएको बताए ।उनले भने,‘निर्माण कम्पनीले के–कति कारणले काम स्थगित ग¥यो,तर हामीलाई बिकास चाहिएको छ ‘काम नगर्ने कल्सन्टेन्सीलाई काममा लगाउनुस् वा त्यसलाई कारवाही गरियोस्।’त्यस्तै,वडा सदस्य रिङझिङ गुरुङले एक्लेभट्टी–पाक्लिङ पुलको काममा ठेकेदार कम्पनीको चरमलापारवाही भएको दावी गरे ।उनले प्राविधिक समस्या देखाएर बिकासको गतिलाई रोक्न नमिल्ने बताए । विगत १ वर्ष देखि पुलको काममा कुनै प्रगति नभएको उल्लेख गर्दै वडासदस्य गुरुङले बिकास बिरोधी गतिविधिलाई कसैले पनि ढाकछोप र संरक्षण गर्न नहुने सुझाए ।उनले २०७२ सालमा पुलको पहिलो सम्झौता भएको र भुकम्पको कारण देखाएर काम रोकिएकोमा २०७३ साल बैशाख ३१ गते दोश्रो सम्झौता भएको जनाए ।उनका अनुसार हाल पुलको ३ वटा पिल्लर बनिसकेको अवस्थामा डिजाईन परिवर्तन गर्न नहुने बताए ।उनले १८ महिनामा सक्नुपर्ने काम सम्झौता अवधि सकिएको दोब्बर समय बितिसक्दा २५ प्रतिशत काम हुनु लाजमर्दो बिषय भएका व्यग्य गरे ।उनले पुलको काममा जनताले निरन्तर श्रमदान समेत गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जवाफदेही हुने निकायको अन्योलताले बिकासका कार्यक्रमले गति लिन नसकेको स्पष्ट पारे ।उनले जनताले उठाएका समस्या यतार्थ र वास्तबिक भएको टिप्पणी गर्दे त्यसका लागि आफु संम्वेदशिल भएर लाग्ने प्रतिवद्धता जनाए ।जिल्लामा जिससको जिम्मेवारी कटौति भएको र प्राविधिक कार्यालय समेत नरहेको उल्लेख गर्दे उनले अब छिट्टै प्रदेशको भौतिक बिकास डिभिजन म्याग्दी कार्यालयलाई अख्तियारी आईसकेपछि कामले गतिले लिने दावी गरे ।पूर्वाधार बिकासका लागि प्रदेशले संम्पूर्ण स्वामित्व ग्रहण गरिसकेको जानकारी दिदै प्रजिअ क्षेत्रीले डिभिजन कार्यालयलाई पुलको संम्पूर्ण डकुमेन्ट र अख्तियारी आएपछि काम पुन संञ्चालन हुने बताए ।उनले निर्माण कम्पनीले काम गर्न नसक्नु उसको कमजोरी भएको र यसलाई व्यवस्थापन गर्न कानुनले तोकेबमोजिमको प्रक्रिया पूरा गर्न केही समय लाग्ने बताए । स्थानीय स्तरमा सडक मोटरेबल तथा सामूदायिक पहुच सूधार परियोजना कार्यक्रम अन्तर्गत स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग डोलिडारको आर्थिक लागतमा पाक्लिङ,धाकार्जुङ,फल्याक,शान्ता लगायत छिमेकी जिल्ला डोल्पा जोड्ने पुल निर्माणकार्य अघि बढाईएको हो ।डोलिडारले आर्थिक वर्ष २०७२ असार ३१ काम सुरु गरेको थियो ।जेलिङ्गर कल्सन्टेन्सी कम्पनी मार्फत एलिट शंङ्करमाली जोईन भेन्जर काठमान्डौले साविकको जिल्ला बिकास समिति संग १ करोड ७५ लाख ६७ हजारमा ठेक्का सम्झौता गरेको हो ।करिव १ सय २० मिटर लामो मोटरेबल पुलको संम्झौता अवधि १८ महिनाको हो ।पुलको ४ वटा पिल्लर उठ्नु पर्नेमा हाल ३ वटाको आधा पिल्लर उठेको छ भने,बीचको भागमा १ पिल्लर उठ्न बाँकी छ ।यसअघि भारतिय नाकाबन्दीका कारण ईन्धन अभावका कारण पुलको काम १० महिना पछि धकेलिएको थियो ।यता निर्माण कम्पनीका प्रतिनिधि सन्तोष थकालीले पुलको काममा विभिन्न प्राविधिक समस्या आएकाले काम स्थगित भएको बताए ।उनले पुलको सर्वेनै गलत भएको र अबैज्ञानिक ढङ्गले पुलको सर्वे भएको जनाए । जोमसोम मुक्तिनाथ जाने सडकको एक्लेभट्टीबाट पाक्लिङ हुदै मुस्ताङ र डोल्पाको सिमाना सान्ता गाउ जोड्ने पुलले डोल्पा जिल्ला समेत जोडिन्छ ।कालिगण्डकी नदीमा पुल नभएपनि हाल सिमाक्षेत्र सान्ता सम्म मोटर बाटोको पहुच पुगेका छ ।निर्माणधिन पाक्लिङ पुल निर्माणमा ढिलाई हुदा पुलपारी गाउ तथा सान्ता र डोल्पाका स्थानीयले दैनिक आवत जावत र मालसमान ढुवानीमा सास्ती भोग्दै आईरहेका छन् ।पुल निर्माण भएमा यसक्षेत्रका ग्रामिण बस्तीमा बसोबास गर्ने जनताले राहतको अनुभुति गर्ने जनाईएको छ ।