पिप्लेका उपभोक्ता समितिलाई अनुशिक्षण

  • २८ कार्तिक २०७५, बुधबार
  • 1847 पटक पढिएको

बेनी २८ कार्तिक । रघुगंगा गाउँपालिका– २ पिप्लेमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन सम्वन्धी अनुशिक्षण तालिम दिएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष, जनप्रतिनिधि र राजनीति दलका प्रतिनिधिहरुलाई अनुशिक्षण गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, सूचना अधिकृत पदम भण्डारी, योजना शाखाका प्रमुख दयाराम पौडेल, प्राबिधिक शाखा प्रमुख सव इञ्जिनियर कमल चोखालले उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, योजना सम्झौता, कार्यान्वयन, ब्यवस्थापन, लेखा राख्ने बिधिका विषयमा उपस्थितलाई जानकारी गराएका थिए ।

वडा अध्यक्ष जीवनकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले विकास निर्माणका योजनाहरुमा जनसहभागिता महत्वपुर्ण हुने भन्दै पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयनमा सबैले सक्रियता देखाउनुपर्ने बताए ।

रघुगंगा गाउँपालिकाले सबै वडा स्तरमा उपभोक्ता समितिलाई अनुशिक्षण तालिम सञ्चालन गरिएको छ ।