नीजि शिक्षकको तलव जुटाउन देउसीभैलोबाट दुईलाख २७ हजार संकलन्

  • २७ कार्तिक २०७५, मंगलवार
  • 1840 पटक पढिएको


म्याग्दी, २७ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझपानीमा रहेको देउराली आधारभूत विद्यालयमा निजि शिक्षकको तलव जुटाउन् देउसीभैलोबाट २ लाख २७ हजार ५७४ रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना ढुङ्गेधारा र सिर्जनशिल आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो ।

नेपालीहरुको दोस्रो महान चार्ड तिहारको अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, ब्यवस्थापन समिति र आमासमुहको सहभागितामा देउसी भैलो खेलिएको थियो । देउँसीभैलो कार्यक्रमबाट संकलन गरिएको रकम विद्यालयमा १ जना निजि शिक्षकको तलवका लागि प्रयोग गरिने प्रअ नरेन्द्रबहादुर भण्डारी जानकारी दिए ।

५ कक्षासम्म पढाई हुने विद्यालयमा ४ जना शिक्षक छन । चारजना शिक्षकले सबै कक्षा नभ्याउने हुदाँ कम्प्युटर शिक्षकसहित एकजना नीजि शिक्षक विद्यालयमा राखिएको छ । सो शिक्षकको तलवको लागि आम्दानीको स्रोत नभएपछि विधालयले तलव जुटाउन कात्तिक २१ गते देखि २४ गतेसम्म देउसीभैलो खेलिएको थियो । कम्प्युटर विषयको पठनपाठन संचालन हुदै आएको विद्यालयमा ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।