नगरप्रमुख श्रेष्ठ कोरीयामा

  • २५ कार्तिक २०७५, आईतवार
  • 1555 पटक पढिएको

बेनी २५ कार्तिक । स्मार्ट खानेपानी आयोजना सम्बन्धि अन्तराष्ट्रिय विज्ञ सम्मेलनमा भाग लिन बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठको टोली शनिबार दक्षिण कोरीया पुगेको छ ।

एक हप्ता सम्म चल्ने गोष्ठिमा विश्वका विभिन्न देशमा लागू भएको स्मार्ट खानेपानी आयोजनाको बारेमा अनुभव आदानप्रदानका साथै बेनीमा उक्त आयोजना कार्यान्वयनको योजना तर्जुमा गरिने बताइएको छ ।

दक्षिण कोरीयाको इन्कोनी नेशनल युनिभर्सीटी, नगर विकास कोष, बेनी नगरपालिका र बेनी खानेपानी उपभोक्ता संस्थाबीच गत साउनमा बेनीमा स्मार्ट खानेपानी आयोजना लागू गर्ने सम्झौता भएको थियो ।

खानेपानी आपूर्ती, वितरण, मर्मत र महशुल संकलनमा अत्याधुनिक सूचना प्रबिधिको प्रयोग गरिने स्मार्ट खानेपानी आयोजना सञ्चालन गर्न २१ करोड रुपैया लागत र तीन वर्षको समयावधि अनुमान गरिएको छ ।