गण्डकी प्रदेशमा भाषा संरक्षणका लागि प्राज्ञ प्रतिष्ठान गठनको तयारी

  • २२ कार्तिक २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2195 पटक पढिएको

बेनी, २२ कार्तिक । नेपाल संम्वत ११३९ को स्वागतमा बिहीबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, ¥याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराउनुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले नेपाल सम्वतलाई राज्यले अपनत्व ग्रहण गर्नुपर्ने, सबैको साझा पर्वको रुपमा स्थापीत गरी शंखधर साख्वाको योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले मौलीक कला, संस्कृती र रितीरीवाजको संरक्षणमा सबै जागरुक बन्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातीको भाषा संरक्षणका लागि प्राज्ञ प्रतिष्ठान गठनको तयारी भएको जानकारी दिनुभयो ।

प्रतिष्ठान गठनको लागि चालू आर्थिक वर्षमा आवश्यक बजेट बिनियोजन गरिएको जानकारी गराउनुभयो । वाइट विभिन्न जातिय संघ संस्थाको तर्फबाट नेपाल मगर संघका अध्यक्ष मनप्रसाद थजालीले नेपाल संवतलाई नेपाली मौलिक सम्बतको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाल भाषा मंका खलका संस्थापक, कम्प्युनिष्ट आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको स्मृतिमा शोक व्यक्त गरिएको थियो । नेपाल भाषा मंका खल म्याग्दीका संस्थापक अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले तुलाधर र शंखधर शाख्वाको योगदानको चर्चा गर्नुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रम सुरु हुनुअघि बेनीको संगमचोकदेखि सुरु भएको नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । सो अवसरमा २०७४ को एसईई परिक्षामा निजी र सामुदायीकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २२ जना छात्रछात्रालाई नगद एक हजार पाँच सय रुपैया सहित सम्मान गरिएको थियो ।

सामुदायीकतर्फ बेनी सामुदायीक मावीकी रञ्जु श्रेष्ठ र जनकल्याण मावि पुलाचौरका आशिस श्रेष्ठ निजी तर्फ न्यु वेष्ट पोइन्ट आवासीय माविकी अस्मिता श्रेष्ठ र लिटिल गार्डेनका सविन श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

यसैगरी मिस नेवा पोखरामा सहभागि स्मृति श्रेष्ठ, फुटबल खेलाडी अनुपम र आदेश श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष जयन्त्र श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुबिरकुमार श्रेष्ठलस्वागत गर्नुभएको थियो ।

सन्तोष गौतम