लुलाङको एकिकृत घुम्ती शिविरमा साढे दुई सय जना लाभान्वित

  • १८ कार्तिक २०७५, आईतवार
  • धिरन खत्री
  • 1689 पटक पढिएको

बेनी १८ कार्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर सञ्चालन भएको हो ।

८० जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिसस प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगर, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, वडा अध्यक्ष गमप्रसाद विश्वकर्मा लगायतले ७६ वर्षीय डिलमती पाइजालाई नागरीकता प्रदान गरेर शिविरको उद्घाटन गरिएको थियो ।

६७ वर्षको उमेरमा नागरिकता लिएका बलबिर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताए । सोही शिवीरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपांङ्गता परिचयपत्रका लागि सिफारिस गरेको छ ।
बेनी अस्पतालका चिकित्सक डाक्टर बिराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले डेढ सय जना भन्दा बढीले स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण सेवा दिएको थियो । यसअघि शुक्रबार र शनिबार धवलागिरी गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालीत एकिकृत घुम्ती शिविरबाट पाँच सय जनाले सेवा लिएका थिए ।

जिल्लाको सदरमुकाम देखि टाढा रहेको दुर्गम गाउँका जनता घरदैलोमा पहिलो चोटी सेवा पाउदाँ खुशि भएका थिए । भने सेवा लिन लुलाङबासीको बाख्लो उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l