कुमारी सहकारीको अध्यक्षमा गर्बुजा

  • १८ कार्तिक २०७५, आईतवार
  • 2265 पटक पढिएको

बेनी १८ कात्तिक । कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बेनीको दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सुवेदार थमबहादुर गर्बुजाको अध्यक्षतामा  नयाँ सञ्चालक समिति चयन गरिएकाे छ । समितिका उपाध्यक्षमा राजकुमार थापा, सचिवमा यामबहादुर रोका, कोषाध्यक्षमा बालकुमार रोका, सहसचिवमा देवीकुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यलाल पूर्जा, भुलमाया तिलिजा, दिलबहादुर थापा, गंगप्रसाद पुन, दुतकुमारी शेरपुञ्जा र जमुना पुन निर्वाचित हुनुभएको छ ।

गेमबहादुर घर्तिमगरको संयोजकत्वमा नरबहादुर गर्बुजा र बिष्णु गुरुङ सदस्य रहेको लेखा, छेमप्रसाद गर्बुजा संयोजक, ओमदेवी फवाङ्गी र उमबहादुर पुर्जा पुन सदस्य रहेको शिक्षा उपसमिति गठन भएको छ । यम्बरसिं रोकाको संयोजकत्वमा रक बुढा, सपना जुक्जाली सदस्य रहेको कोष व्यवस्थापन उपसमिति र डकमाया पाइजालाई सल्लाहकारमा चयन गरिएको निर्वाचन मण्डलका लोकेश पुनमगरले जानकारी दिनुभयो ।

आदीवासी जनजाती महासंघ म्याग्दीका अध्यक्ष मुक्ति रोकाको प्रमुख आतिथ्यतामा साधारणसभा र अधिवेशन सम्पन्न भएको थियो । सहकारीले गत आर्थिक वर्षमा ५९ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।