माओवादीले जित्नका लागि निर्वाचन:प्रधानमन्त्री

  • २२ चैत्र २०७३, मंगलवार
  • 1779 पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जित्नका लागि स्थानीय तहको निर्वाचन गराउनु परेको बताएका छन । ०५४ को निर्वाचन बहिस्कार गरेको माओवादीले अहिले स्थानीय तहको निर्वाचन हुनुलाई नै आफनो एजेण्डाको सफलताको कसीमा जोडेर हेरेको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुष्टी गरेको छ ।

स्थानीय तहको निर्वाचन सफल पार्नुलाई राष्ट्रको प्रमुख कार्यभार बनाएका प्रधानमन्त्री प्रचण्डले निर्वाचन हुदाँ नै माओवादीले जित्ने दावी गरेका हुन । आदिवासी जनजाति राष्ट्रिय महासंघ नेपालको ३ नम्बर प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र,समावेशीता,समानुपातिक सहभागिता, धर्मनिरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधान मार्फत संस्थागत गरिएको बताए ।

संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिदै प्रधानमन्त्री प्रचण्डले संघीयताको जग बसाल्न स्थानीय तहको निर्वाचन जरुरी भएको बताए । ‘परिवर्तनका उपलब्धी जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी हुनुपर्छ’प्रधानमन्त्री प्रचण्डले भने ‘परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले निर्वाचन चाहेका छैनन ।

हिले जे जति उपलब्धी हासिल भएका छन् ती सबै माओवादीकै एजेण्डा हुन । माओवादी नेतृत्वको संघर्षबाट प्राप्त भएका सकारात्मक उपलब्धीको रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै हो ।’ उनले सबै परिवर्तनकारीहरुलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे । माओवादी केन्द्र देशभक्त र जनपक्षीय शक्ति भएको पुष्टी हुँदै गएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।