मुक्तिनाथ परिसरमा अण्डरवेयरको खात भेटीएपछि ….. (फोटो कथा)

  • १४ कार्तिक २०७५, बुधबार
  • 2595 पटक पढिएको

मुस्ताङ १४ कात्तिक । नेपालदेखि भारत सम्मका धर्मावलम्बीहरुको आस्थाको धरोहर बनेको हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा अण्डरवेयर ( कट्टु)को खात भेटिएको छ । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारा र दुई कुण्डमा डुबेर स्थान गरेमा पाप पखालिने जनविश्वासले त्यहाँ पुग्ने सबैजसो भक्तजन र पर्यटकहरुले नुहाउने गर्छन् । धारा र कुण्डमा स्नान गरेपछि आफुले लगाएको अण्डरवेयर जथाभावि फाल्ने प्रचलनले मुक्तिनाथ परिसरमा अण्डरवेयरका खात भेटिएका हुन् ।

पवित्र धार्मिक स्थल परिसरमा जथाभावि अण्डरवेयरहरु फालिएको भेटिनुले त्यहाँ पुग्ने भक्तजनहरुको मानसिकता र मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनबारे पश्न उठेको छ । मन्दिर परिसरको पाखो र रुखमा समेत यत्रतत्र भएका अण्डरवेयर भेटिएपछि नेकपा निकट विद्यार्थी नेता प्रकाश पौडेलको नेतृत्वमा मंगलवार र बुधवार मुस्ताङ अखिलका नेता पेमा छेदेन बिक एवम मन्दिरका कर्मचारीहरु मिलेर सरसफाई गरिएको छ ।

‘‘ मन्दिरमा आएर नुहाउने तर आफ्नो लाज छोप्न लगाएको अण्डरवेयर जथाभावि फाल्ने अत्यन्तै लज्जासपद काम भएको पाएँ, पाप पखाल्न नुहाउने तर उल्टै मन्दिरलाई फोहोर बनाएर जाने कार्यलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई आग्रह गरेको छु’’– पौडेलले भन्नुभयो ।