रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सुन जस्तै पहेँलपुल बनेपछि (फोटो कथा)

माैवाफाँटलाइ २५ तस्बीरमा नियाल्दा

  • १० कार्तिक २०७५, शनिबार
  • कमल खत्री
  • 3045 पटक पढिएको

म्याग्दी, ९ कात्तिक । रघुगंगा गाउँपालिका–३ मा रहेको मौवाफाँट, पिप्ले र कलेजाबाङका फाँटहरु धान पाक्न थालेपछि सुनझै पहेँलपुर बनेका छन् । बेनी नगरपालिका–९ नेप्टेचौर क्षेत्रबाट नियाल्दा रघुगंगा गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट आसपासका धानका फाँट यतिबेला पहेँलपुर बनेर लोभलाग्दो देखिन्छ । धान उत्पादनमा पकेट क्षेत्र मानिने यो क्षेत्रमा यतिबेला कृषकहरु खेतमा पाकेको धान भित्र्याउने कसरतमा जुटेका छन् । शब्द / तस्बीर कमल खत्री, म्याग्दीअनलाईन

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l