रितुङ मावि र बाढी पीडितलाई मल्कवाङ्ग समाज युकेद्धारा आर्थिक सहयोग

  • ९ कार्तिक २०७५, शुक्रबार
  • 2412 पटक पढिएको


म्याग्दी, ९ कात्तिक । मल्कवाङ समाज युकेद्वारा म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालय र बाढी पीडितलालाई तिन लाख ११ हजार आठ सय रुपैया आर्थिक सहयोग भएको छ । १७५ विद्यार्थीहरुले अध्ययनरत विद्यालयलाई दुई लाख ६१ हजार आठसय र बाढी पीडितलाई ५० हजार रुपैया आर्थिक सहयोग गरिएको हो । विद्यालयको भवन पुर्ननिर्माण र क्षतिग्रस्त घर भएका परिवारका लागि मल्कवाङ समाज युकेले सो आर्थिक रकम संकलन गरि आईतबार रितुङ माविका पुर्व शिक्षक तथा आर्थिक संकलन संयोजक दलप्रसाद खड्का छन्त्याललाई हस्तान्तरण गरिएको अध्यक्ष शेर छन्त्यालले बताए ।


नेपालीहरुको महानपर्व विजयदशमीको अवसरमा मल्कवाङ्ग समाज युकेका अध्यक्ष छन्त्याल उपाध्यक्ष टिका पुर्जा महासचिव बिर छन्त्याल, कोषाध्यक्ष किशोर छन्त्याल र सल्लाहकार खगेन्द्र पुर्जा, ईमान छन्त्याल, चन्द्र छन्त्याल, नङवप्रसाद फगामी यामप्रसाद छन्त्याल, हिराबहादुर छन्त्याल, अनि पुन छन्त्याल, बल छन्त्याल र रेशम फगामी लगायत मल्कवाङ्गबासीको उपस्थितमा सो रकम संकलन गरि हस्तान्तरण गरिएको थियो । रोजगारीको शिलशिलामा युके रहेका मंल्कवाङ्गबासीले जिल्लामा हुने साना ठुला सामाजिक घटनाहरुमा आर्थिक सहयोग गर्दै आएको छ ।


भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले दुर्लेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातकोठा बगाएपछि पठनपाठन प्रभावित बनाएको थियो । बाढीले सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत र मन्दिरमा क्षत्ती गरेको थियो । भने ¥यालीखर्कमा दुई घर पुर्ण क्षति, सो स्थानको ६ घर, ध्यासीखर्कको १६ घर कटानले जोखिममा परेका थिए ।
भवन बगाएपछि अस्थाई टहरा निर्माण गरेर पढाई सुरु गरिएपनि ब्यवस्थित कक्षा कोठा निर्माण गर्नका लागि आर्थिक अभाव भएपछि गाउँपालिका र वडाले आर्थिक सहयोग अभियान सुरु गरेको थियो ।