भगवती र बाजुङको फाइनल शनिबार हुने

  • ८ कार्तिक २०७५, बिहीबार
  • 3131 पटक पढिएको

राखु ८ कात्तिक । म्याग्दीका रघुगंगा गाउँपालिका– राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा अन्र्तगत भलिबल फाईनल भगवती युवा क्लव र बाजुङ युवा क्लव पर्वत विच हुने भएको छ । सेमिफाईनलमा भगवती युवा क्लवले मिक्स पिप्ले र बाजुङ युवा क्लव  पर्वतले काउलेगौडाँ युवा क्लव घतानलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै प्रौढ भलिबलको फाईनलमा सिर्जनशिल युवा क्लव हटिया र पिप्ले भिडने भएका छन् । वडा कार्यालयले खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पुरुष, महिला भलिबल, बास्केटबल, अन्धनिशानी तथा सास्कृतिक प्रतियोगिता आयोजना गरेका थियो ।

बिजेतालाई ७५हजार र उपबिजेतालाई ४१ हजार रुपैया पुरस्कार र ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । भगवती कोट मन्दिर परिसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई ब्यवस्थित गर्न र यसको महत्व बढाउन वडा कार्यालय र भगवती युवा क्लवको आयोजनामा मेला संचालन गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।