टोड्केमा दोस्रो गुराँस महोत्सव हुने

  • २ पुष २०७२, बिहीबार
  • 1811 पटक पढिएको

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा फागुन २५ गते देखी २९ सम्म दोस्रो गुराँस महोत्सव हुने भएको छ । टोड्के क्षेत्र विकास कोष म्याग्दीको शनिबार बेनीमा भएको भेलाले महोत्सव गर्ने निर्णय गरेको छ । पर्यटन प्रर्वधन र टोड्केको प्रचारप्रसारका लागि दोस्रो महोत्सव गर्ने निर्णय गरेको लाल यूवा क्लव कुहुँ पुर्णगाउँका सचिव सागर सुबेदील जानकारी दिएका छन ।

कुहुँ,झिँ, पुलाचौर र पात्लेखेतको सिमानामा रहेको टोड्केमा धमाधम पुर्वाधार विस्तार भइरहको छ । पर्यटकीय गन्तब्यको रुपमा विकास भएपनि पदमार्ग सहित प्रचारप्रसार नहुदाँ आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भइरहेकाले महोत्सवले थप पुर्वाधार विस्तारमा समेत सम्बन्धित निकायको ध्यान केन्द्रित गर्ने आयोजकको भनाई छ । टोड्केमा सडक, सहित अन्य पुर्वाधार समेत विस्तार भइरहेको छ ।
रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् । पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ । समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रंखला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । महोत्सवका लागि आवश्यक तयारी उपसमिति समेत गठन गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन बहादुर खत्रीले बताए ।

टोड्केमा अवस्थित स्वर्गद्धारी आश्रमको शाखाद्धारा शिवरात्रीमा महापुराणको समेत आयोजना गर्ने छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको थियो ।