मुस्ताङमा पेस्तोल बरामद

  • ६ कार्तिक २०७५, मंगलवार
  • 1837 पटक पढिएको

मुस्ताङ ६ कात्तिक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँमा पसेका चोरको समूहले फालेको कतुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा चार÷पाँच जनाको समूहमा रहेका युवाहरुको समूहले साथमा रहेको एक थान कतुवा पेस्तोल फालेर भिरतर्फ भागेका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

‘चोरी गर्ने नियतले गाउँ पसेको समूह प्रहरी देख्नेवित्तिकै पेस्तोल फालेर भागेका थिए’ प्रनाउ खड्काले भन्नुभयो ‘पेस्तोल प्रहरीले बरामद गरेको छ । फरारको खोजीमा तिब्रता दिएका छौ ।’ मुस्ताङमा केहीदेखियता बढेको आन्तरीक पर्यटकको चापसँगै सुरक्षा ब्यवस्थालाई कडाई बनाउनका साथै उच्च सर्तकता अपनाइएको छ ।