म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा

  • २१ चैत्र २०७३, सोमबार
  • सागर भण्डारी
  • 4037 पटक पढिएको

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ । यसले आफ्नो कामलाई दुई धार प्राविधीक र अप्राविधीक विषयमा छुट्टाई परिक्षा लिने गरेको छ ।
अप्राविधीक धारतर्फ लोक सेवा आयोगले धेरै विषयको परिक्षा लिने गरेको छ र यस विषयमा परिक्षा दिने विद्यार्थीको चाप पनि अध्याधीक हुने गरेको छ । एउटा समान्य र भख्खर सकिएको नासु परिक्षाको उदारण हेरौं –  लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ। आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो ।
तर प्राविधिक धारतर्फ विद्यार्थीको चाप अलि कम हुन्छ किनभने अधिकाशंलाई लोक सेवा आयोगको प्राविधीक धार पनि हुन्छ भन्ने ज्ञान  धेरैसगँ छैन् । आज म तपाईहरुसगँ प्राविधिक धारको कम्प्युटर अपरेटर र साहायक कम्प्युटर अपरेटरको परिक्षाको म्याग्दीमा सम्भावनाको  बारेमा केहि कुरा लेख्ने जमर्को  गरेको छु ।
वि.स २०७३ जेठ ३२ गते लोक सेवा आयोगले साहायक कम्प्युटर अपरेटरको परिक्षा लियो बागलुङ्गमा, मागेको भन्दा झन्दै २५ गुणा बढि अर्थात ८ जना मागेकोमा १९७ जना थियौ । तर म्याग्दीबाट हामि मात्र ५ जनामात्र परिक्षार्थी थियौं जस्तो लाग्छ मलाई । तर यदि यतिमात्र पोष्टमा अप्राविधिकमा विज्ञापन खुलेको भए म्याग्दीबाट मात्रै २००–४०० परिक्षार्थीको सहभागी हुन्थ्यो सायद ।
एकचोटी प्राविधिक र अप्राविधिक परिक्षाको तुलना ग¥यौं ।
लोक सेवा आयोगले लिने अप्राविधिक परिक्षा नायव सुव्वाको  (नासु) कुरा गर्दा  लोक सेवा आयोगले कुल ३५० पुर्णाङ्कको परिक्षा लिने गरेको छ । यस परिक्षा कुल ३ चरणमा विभाजन गरेको हुन्छ । प्रथम चरण सामान्य ज्ञान र सामान्य बैद्धिक परिक्षण १०० पुर्णाङ्कको बस्तुगत बहुबैकल्पिक ५० प्रश्नहरु  हुन्छन् । द्धितीय चरण २०० पुर्णाङ्कको हुन्छ । यसमा विषयगत छोटो र लामो उत्तर दिने प्रश्नहरु (१४ बटा ५ नम्वरको छोटो प्रश्न र ३ बटा  १०  नम्वरको लामो प्रश्न) रहेका हुन्छन्  भने एउटा ऐच्छिक विषय (अर्थशास्त्र, राजनैतिक शास्त्र, शिक्षा, जनसङ्ख्या अध्ययन्, व्यवस्थापन र लेखा, विज्ञान)  रोज्नुपर्ने हुन्छ । अन्तिम चरण १० पुर्णाङ्कको कम्प्युटर सिप परिक्षण र ४० पुर्णाङ्कको अन्तरवार्ता हुन्छ ।
अव कुरा गह्रौ प्राविधिक तर्फको कम्प्युटर अपरेटर, साहायक कम्प्युटर अपरेटरको परिक्षाको ।  कम्प्युटर अपरेटर, साहायक कम्प्युटर अपरेटरको परिक्षा लोक सेवा आयोगले कुल १२० पुर्णाङ्कको परिक्षा लिने गरेको छ । यस परिक्षा कुल ३ चरणमा विभाजन गरेको हुन्छ । प्रथम चरणमा बहुबैकल्पिक ५० पुर्णाङ्कको ५० बटा प्रश्नहरु  हुन्छन्, द्धितिय चरणमा ५० पुर्णाङ्कको प्रयोगात्मक परिक्षा हुन्छ, र अन्त्यमा २० पुर्णाङ्कको अन्तरबार्ता हुन्छ ।
 
    कम्प्युटर अपरेटरको र साहायक कम्प्युटर अपरेटरको पाठ्यक्रम
कम्प्युटर अपरेटरको परिक्षा अप्राविधिकको जस्तो जटिल र सबै तिरबाट प्रश्नहरु आउदैनन् ।  यसमा  आउने प्रश्नहरु निच्छित सिमामा रहेर आउने गर्दछ । यसमा आउने भनेको ५० पुर्णाङ्कको बहुबैकल्पिक प्रश्नहरु मात्रै हो ।
कम्प्युटर अपरेटरको र साहायक कम्प्युटर अपरेटरको पाठ्यक्रममा पहिला फन्डामेन्टल (आधारभुत) प्रश्नहरु आउने गर्दछ । यसमा कम्प्युटरको कार्य, निर्माण मिति, विषेशता,  कम्प्युटर प्रोटेक्सन  आदिमा सिमित रहेर प्रश्नहरु आउने गर्दछन् ।  कम्प्युटर अपरेटरमा आधारभुत तहबाट १४ पुर्णाङ्कको र साहायक कम्प्युटरमा पनि १४ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछ । दोस्रोमा अपरेटिङ सिस्टमबाट प्रश्नहरु आउने गर्छ ।  कम्प्युटर अपरेटरमा अपरेटिङ सिस्टमबाट ५ पुर्णाङ्कको र साहायक कम्प्युटरमा पनि ५ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछ ।

तेस्रोमा वर्ड प्रोसेसिङ्ग   बाट प्रश्नहरु आउने गर्छ । वर्ड प्रोसेसिङ्गका लागी लोक सेवा आयोगले माईक्रोसफ्ट अफिस वर्डबाट प्रश्न सोध्ने गर्दछ । कम्प्युटर अपरेटरमा वर्ड प्रोसेसिङ्गबाट १० पुर्णाङ्कको र साहायक कम्प्युटरमा १४ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछन् । यसमा माईक्रोसफ्ट अफिस वर्डभित्र काम गर्दा आउने सामान्य समस्याहरु र कसरि यो सफ्टवेयरका फिचरहरु प्रयोग गर्ने भन्ने सम्बन्धमा मात्र प्रश्नहरु आउने गर्दछ । चौथोमा ईलेक्टोनिक स्प्रेडसिट बाट प्रश्नहरु आउने गर्छ । ईलेक्टोनिक स्प्रेडसिटका लागी लोक सेवा आयोगले माईक्रोसफ्ट अफिस एक्सेलबाट प्रश्न सोध्ने गर्दछ । कम्प्युटर अपरेटरमा ईलेक्टोनिक स्प्रेडसिटबाट १० पुर्णाङ्कको र साहायक कम्प्युटरमा १२ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछन् । यसमा माईक्रोसफ्ट अफिस एक्सेल भित्र काम गर्दा आउने सामान्य समस्याहरु, विधुतिय हिसाव गर्दा के–कस्ता र कसरि सुत्रहरु लगाउने र कसरि यो सफ्टवेयरका फिचरहरु प्रयोग गर्ने भन्ने सम्बन्धमा प्रश्नहरु आउने गर्दछ ।

पाचौंमा डाटाबेस म्यानेजमेन्ट सिस्टम बाट प्रश्नहरु आउने गर्छ । डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट कम्प्युटर अपरेटरका लागी ५ पुर्णाङ्कको र साहायक कम्प्युटरमा ३ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछन् । यसमा माईक्रोसफ्ट अफिस एक्सेस भित्र काम गर्दा आउने सामान्य समस्याहरु र डाटालाई कसरि व्यवस्थित रुपले राख्ने भन्ने सम्बन्धमा प्रश्नहरु आउने गर्दछ । छैठौंमा प्रिजेन्टेसनबाट प्रश्नहरु आउने गर्छ । प्रिजेन्टेसन लागी लोक सेवा आयोगले माईक्रोसफ्ट अफिस पावरपोईन्टबाट प्रश्न सोध्ने गर्दछ । प्रिजेन्टेसनबाट कम्प्युटर अपरेटरका लागी ३ पुर्णाङ्कको र साहायक कम्प्युटरमा २ पुर्णाङ्कको प्रश्नहरु आउने गर्दछन् । अन्त्यमा कम्प्युटर अपरेटरका लागी वेव साईट डिजाईन बाट ३ पुर्णाङ्कको प्रश्न आउने गर्छ ।
त्यस्तै ५० पुर्णाङ्कको प्रयोगात्मक परिक्षा हुन्छ त्यसमा १५ पुर्णाङ्कको नेपालि टाईपिङ्ग, ५ पुर्णाङ्कको ईङ्लिस टाईपिङ्ग र ३० पुर्णाङ्कको माईक्रोसफ्ट अफिस प्याकेजबाट प्रश्नहरु सोधिन्छन् । र २० पुर्णाङ्कको मौखिक अन्तरबार्ता हुन्छ ।
योग्यता
साहायक कम्प्युटर अपरेटरका लागी चाहिने योग्यता भनेको कम्प्युटर विषय अध्ययन गरेर एस.एल.सि उत्तिर्ण भएको वा मान्यता प्राप्त कम्प्युटर तालिम केन्द्रबाट ३ महिने कम्प्युटर कोर्ष गरेको हुनुपर्छ । भने कम्प्युटर अपरेटरका लागी लागी चाहिने योग्यता भनेको १२ उत्तिर्ण भएको वा मान्यता प्राप्त कम्प्युटर तालिम केन्द्रबाट ६ महिने कम्प्युटर कोर्ष गरेको हुनुपर्छ ।
म्याग्दीमा कम्प्युटर अपरेटरमा सम्भावना
स्थानिय निकायको निर्वाचन पछि ठुलो मात्रामा साहायक कम्प्युटर अपरेटर र कम्प्युटर अपरेटरको माग हुने अवस्था छ । प्रतेक सरकारी कार्यलयमा एउटा साहायक कम्प्युटर अपरेटरको माग हुने अवस्था छ । त्यसैले प्रतेक गाउँपालिकामा करिव २०–२२ जना कम्प्युटर अपरेटरको आवश्यकता पर्ने र ५ बटा गाउँपालिका र एउटा नगरपालीकामा गर्दा १०० भन्दा धेरै निजामतीको माग रहेको छ । सम्भवत यो परिक्षा पनि बेनिमै हुनेछ । १० महिना अघिमात्र हामिले परिक्षा दिदा मात्र ५ जना थियौ भने बेनिमै यो परिक्षा भयो भने पनि म्याग्दीबाट २०–२५ जनाभन्दा बढि हुने अवस्था छैन् । त्यसैले म्याग्दीबाट निजामती कर्मचारीमा जान चाहानेहरुका लागी कम्प्युटर अपरेटर एक उपयुक्त  र सजिलो माध्यम हुने सम्भावना छ ।
  आफ्ना कुरा
वि.स २०७३÷०२÷३२ गतेका दिन जव म बाग्लुङ्ग साहायक कम्प्युटर अपरेटरको परिक्षा दिन गए त्यस दिन मलाई म्याग्दी जिल्ला सुचना र प्रविधीको क्षेत्रमा कति सम्म पछि रहेछ भन्ने कुराको ज्ञात भयो । त्यस बेलासम्म मसगँ बजारमा सुचना र प्रविधीको क्षेत्रमा धेरै विकास भैसक्यो, गाउँ र वजारको विचमा सुचना र प्रविधीको क्षेत्रमा ठुलो खाडल छ भनेर गाउँमा बसेर केहि गर्नुपर्छ भन्ने सोचका साथ आफुसगँ भएको क्षमतालाई गाउँ रुपान्त्रणका लाग्नुपर्छ भनेर गाउँमा कम्प्युटर तालिम केन्द्रको स्थापनामा जुटिरहेको थीए । तर जव सहायक कम्प्युटर अपरेटरको परिक्षा दिदा म्याग्दीबाट मात्र ५–७ जनाको उपस्तीथी देख्दा पहिलो चोटि बेनिमै एउटा नयाँ आईडिया लिएर  कम्प्युटर तालिम केन्द्र खोल्नुपर्छ भन्ने विचार आएको थियो र त्यसको केहि महिनामै बेनिबजारमा तालिम केन्द्र स्थापना गर्न सफल भएको छु ।
म्याग्दीका विभिन्न स्कुलमा कम्प्युटर विषय लिएर अध्ययन गरेका त बजारमा हजारौ व्यक्ति छन र क्याम्पसबाट कम्प्युटर विषय लिएर अध्ययन गरेका विद्यार्थीहरु पनि विलिन भईरहेका छन् । बार्षिक म्याग्दीका विभिन्न क्याम्पसबाट बार्षिक १०० भन्दा बढि कम्प्युटर सिकेका जनशक्ति किन विलिन हुने अवस्थामा पगिरहेका छन । आज यो बेनिको सानो वजारमा पनि निजी क्षेत्रमा पनि अझै सयौं कम्प्युटरमा दक्ष जनशक्तिको माग छ भने अव स्थानिय निकायको चुनाव पछि एकै पटक म्याग्दीको सरकारी निजी क्षेत्र जस्तै बैङ्क वित्तिय सस्थां,  विद्यालय, एन.जि.ओ, आई.एन.जि.ओ जस्ता क्षेत्रमा गर्दा ४००–५०० कम्प्युटर टेक्निसियनको माग रहेको छ ।
पछिल्लो १० बर्षमा म्याग्दीका बिभिन्न तालिम केन्द्रबाट बिभिन्न कोर्ष अध्ययन गरेको प्रमाणपत्र करिव १०,००० भन्दा बढिले लिईसकेका छन्, तर पनि कम्प्युटरको क्षेत्रमा किन आवश्यक मानव पुजि निमार्ण भईरहेको छैन र कसरी छिटो र दक्ष मानवपुजी  भन्ने विषयमा अनुसन्धान गरेर पुर्ण तयारिका साथ तपाईहरु समक्ष आएको छु । अव स्थानिय चुनावपछि ठुलो मात्रमा आवश्यक हुने कम्प्युटर अपरेटरको मागमा केहि ईट्टा थप्ने काम गर्न सक्र्नेछु भन्ने सोचका साथ तपाईहरुका साथ आएको छु ।

सागर कम्प्युटर  क्याफे
क्याम्पसचोक , बेनि     
    

सागर भण्डारी