चौथो अर्थुङ्गे कप सुरु

  • ५ कार्तिक २०७५, सोमबार
  • सन्तोष गौतम
  • 4083 पटक पढिएको

बेनी ५ कात्तिक । बेनी नगरपालिका ६ अर्थुङ्गेमा सोमबारदेखि चौथो अर्थुङ्गे कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।अर्थुङ्गे युवा क्लवले वडादशै पर्वको अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा संघीय सांसद थापा, गण्डकी प्रदेशका सांसद बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले खेलकुदको विकासका लागि सरकारले पूर्वाधार निर्माण र प्रशिक्षणमा जोड दिएको बताएका थिए ।

फाइभ ए साईड फुटबल, वडा स्तरीय पुरुष भलिबल, एकल नृत्य र अन्ध निशान प्रतियोगिता सञ्चालन गरिने क्लवले जनाएको छ । कात्तिक दश गतेसम्म सञ्चालन हुने प्रतियोगिताको फाइभ ए साइड फुटबलको उद्घाटन खेलमा आयोजकले नवोदित युवा कल्वलाई शून्यका विरुद्ध १ गोल गर्दै बिजय सुरुवात गरेको छ ।

एक समूहमा ५ जना खेलाडी रहने फाइभ ए साइड फुटबलमा ३२ टिम सहभागी छन् । फुटबलको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ४५ हजार ५५५ र २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।

वडा स्तरीय पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ३५ हजार ५५५ र १९ हजार ५५५ रुपैया नगद पुरस्कारको ब्यवस्था गरिएको छ । अनुशाषित टिम, उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने भएको छ ।

कल्वका अध्यक्ष शिशिर शाहीको अध्यक्षता, उपाध्यक्ष शिशिर बानियाको स्वागत र सचिव सुवास विश्वकर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानिया, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गाना र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि मन्तब्य व्यक्त गरेका थिए ।

सन्तोष गौतम