दशैको अवसरमा मल्लाजमा खेलकुद प्रतियोगिता

  • २९ आश्विन २०७५, सोमबार
  • सन्ताेष गाैतम
  • 3180 पटक पढिएको

मल्लाज २९ असोज । जलजला गाउँपालिका ३ मा रहेको ऐतिहाँसिक भगवती कोत मन्दिर परिसरमा दशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।वडा कार्यालयले खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पुरुष, महिला भलिबल, बास्केटबल, छेलो र खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।
चार समूह सहभागि महिला भलिबल प्रतियोगितामा साहना कन्ट्रक्सन मिलनचोक प्रथम र मंगला गाउँपालिका दितृय हुदै क्रमश २२ हजार १११ र १६ हजार १११ रुपैया पुरस्कार प्राप्त गरेका छन् ।
बिजेतालाई ७१ हजार १११ र उपबिजेतालाई ४१ ह्जार १११ रुपैया पुरस्कारको ब्यवस्था भएको २२ समूह सहभागि पुरुष भलिबल खेल सोमबार देखि सुरु भएको छ । प्रथमलाई ४१ ह्जार १११ र दितृयलाई २६ हजार १११ रुपैया पुरस्कार रहेको बास्केटबल प्रतियोगितामा १६ समूह सहभागि भएकोमा रघुगंगा ४ दग्नाम र बेनपा १० पात्लेखेत फाईनलमा पुगेका छन् ।

मल्लाज कोत परिसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई ब्यवस्थित गरेर खेलप्रतिभाको पहिचान र उनिहरुलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष रवी भण्डारीले बताए । प्रतियोगिता कात्तिक १ गतेसम्म सञ्चालन हुने क्लवले जानकारी दिएको छ ।

सन्ताेष गाैतम