दशैँ तिहारको फुर्सदमा म्याग्दी घुम्ने अवसर

  • २९ आश्विन २०७५, सोमबार
  • कमल खत्री
  • 1659 पटक पढिएको

बेनी २९ असोज  । दशैँ तिहारको विदाको समयलाई म्याग्दीको भम्रण गरि उपयोग गर्न आह्वान गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को रुपमा मनाउन सुरु गरिएकाले यहाँका पर्यटकीय क्षेत्रहरुको भम्रणको लागि आह्वान गरिएको हो ।हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय स्थलहरुमा सहज रुपमा पुग्नको लागि आबश्यक प्रवन्ध मिलाईएको भ्रमण बर्ष मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।

‘‘प्राकृतिक सुन्दरतामा म्याग्दी अथाह सम्भावना बोकेको छ, यहाँ भ्रमणमा आउने पर्यटकहरुलाई यातयात र खानामा बिशेष छुटको व्यवस्था समेत गरिएको छ’’–संघका अध्यक्ष कर्माचार्यले भने । पछिल्लो समय चाडपर्वको फुसर्दको समयलाई नयाँ ठाउँमा घुमेर मनाउने संकारको विकास हुन थालेको भन्दै संघले म्याग्दीका पर्यटकीय स्थलहरुमा पुग्नको लागि बेनी स्थित कालिपुलमा रहेको पर्यटक सुचना केन्द्रमा आबश्यक सुचना र परामर्शको समेत व्यवस्था गरिएको जनाएको छ ।
बेनी नगरपालीका संगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजीटल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याईएको हो । गत बैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुरुवात गरिएको थियो । जिल्लामा रहेको अथाह पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउनको लागि भ्रमण बर्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संघले स्थानीय तह र सम्बद्ध सरकारी निकायसंगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि आह्वान समेत गरेको छ । प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्बाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धी गर्न भ्रमण बर्षले सहयोग पुग्ने संघका महासचिब लिलाराम गौतम बताउँछन । पर्यटकीय स्थलको पहिचान गरि प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।
यस्तो छ म्याग्दीमा पर्यटकलाई सुविधा
भम्रण बर्षको अवसरमा म्याग्दीमा आउने पर्यटकहरुलाई बिशेष सुविधाको व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकहरुलाई आरामदायी बसोबाससंगै खानामा समेत बिषेश सहुलियत दिईएको छ । पर्यटक सुचना केन्द्रमा इन्ट्री भएर होटलमा आउने पर्यटकलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायि संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताउनुभयो ।
उहाँले अहिलेसम्म जिल्लामा भित्रने पर्यटकहरुलाई खान र बस्नको लागि समस्या नहोस भनेर कालिपुलमा रहेको प्रहरीको यात्रु सहायता कक्षमा समेत सम्पर्क नम्बरहरु उपलब्ध गराईएको जानकारी दिनुभयो । ‘‘बेनीमा आउने पर्यटकलाई खान र बस्नको अभाब छैन्, हामीले एक अर्का होटलहरुबिच समन्वय गरेर भएपनि यहाँ भित्रने पर्यटकहरुलाई खान र बस्नको राम्रो प्रवन्ध मिलाउँछौँ’’– अध्यक्ष आचार्यले भन्नुभयो ।
कुन कुन ठाउँ जाने घुम्न
दर्जनौँ हिमाल , मनोरम भु बनोट, कला संस्कृति र ऐतिहाँसिक स्थलहरु अवस्थित म्याग्दी पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर लगायत दर्जनाँै हिमशृङ्खला रहेका छन् । हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसंगै, अग्ला झरना, ताल तलैया , धार्मिक र ऐतिहाँसिक सम्पदाहरु समेत छन् । यहाँको भ्रमण गर्न आउने पर्यटकहरुले लामो यात्रामा राउण्ड धौलागिरी, अन्नपूर्ण आधारशिविर, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।

यि पदमार्गको भम्रण एक साता देखि २ साता भन्दा बढी समय खर्चिनुपर्छ । छोटो दुरीमा २ देखि ५ दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुईसे–भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुंगे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरु, लगायतका पर्यटकीय गन्तव्यहरु रहेका छन् । त्यसैगरि नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराही लगायतका ताल तलैयाहरु समेत पर्यटकीय गन्तव्यमा सम्भावनायुक्त छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l