मंगलाको वडामा नेकपाको संयन्त्र

  • २८ आश्विन २०७५, आईतवार
  • 2122 पटक पढिएको

बेनी, २८ असोज । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ ।

जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो ।

कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल बि.क, केशव शेरपुञ्जा, बाबियाचौरमा धनबहादुर खाती, जिवन कार्की, अर्जुन शाही, कुलप्रसाद पुन, ३ नम्बर वडा बरंजामा रनबहादुर बुढाथोकी, कुलबहादुर थापा, मोहनलाल सापकोटा र सकबहादुर थापा संयन्त्रको सदस्यमा चयन हुनुभएको छ ।

वडा न. ४ बरंजामा ओमप्रसाद रोका, पदमबहादुर रोका, दलबिर पुन, उमेश बिक, ५ नम्बर वडा अर्मनमा भुपेन्द्र केसी, चिरञ्जिवी शर्मा, प्रेम रोका र मनबहादुर मगरलाई संयन्त्रमा चयन गरिएको नेता हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।