दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

  • २८ आश्विन २०७५, आईतवार
  • 2825 पटक पढिएको

बेनी, २८ असोज । रोजगारीको क्रममा बहराइनमा रहेका बेला दुर्घटनामा परि घाइते भएका म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

बहराइनको बुकामत कम्पनीमा कार्यरत रहदा आगोलागीमा परेर घाइते भएका तिलिजाको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले एक लाख ६१ हजार पाँच रुपैयाँ सहयोग गरेको हो । समितिका अध्यक्ष लोकबहादुर राम्जालीले तिलिजालाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी समितिको तर्फबाट म्याग्दी भ्रमण वर्ष २०७५ को अगुवाई गरेको उद्योग वाणिज्य संघलाई कालिपुल स्थित सूचना केन्द्रमा सञ्चार सुबिधाको ब्यवस्था गर्न २२ हजार २२२ रुपैयाँ संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई हस्तान्तरण गरिएको छ ।

समितिका प्रवत्ता रामचन्द्र पौडेलको सञ्चालन र सल्लाहकार भरत रत्नको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ सल्लाहकार छविलाल बि.क.ले मन्तब्य व्यक्त गर्नुभएको थियो भने पत्रकार हरिकृष्ण गौतमलाई ११ हजार ११५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।