वडामा नेकपाको संयन्त्र

  • २८ आश्विन २०७५, आईतवार
  • 2384 पटक पढिएको

बेनी, २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा सयन्त्रको गठन गरेको हो ।

बेनपा १ रत्नेचौरमा पदमबहादुर रावल, टेकबहादुर थापा, सेते किसान र नरबहादुर थापा, २ नम्बर वडा ज्यामरुककोटमा कुलबहादुर थापा, गुमानसिङ खड्का, कृष्णबहादुर कार्की र कृष्ण शर्मा, ३ भकिम्लीमा डिलबहादुर थापा, गेमबहादुर घर्ती, खिम पुन (हिक्मत) र रत्न जिसीको संयन्त्र गठन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिनुभयो ।

यसैगरी बेनपा ४ सिंगामा खडानन्द कँडेल इश्वरसिङ खत्री, भगवान खड्का, छवी कडेल, बेनपा ५ पुलाचौरमा भोजबहादुर कार्की, मनबहादुर कार्की, सागर पौडेल र खड्गबहादुर दर्जी, बेनपा ६ मा गणेशबहादुर बानियाँ, गणेशबहादुर शाही, यादव सुवेदी र बिरसिङ किसानलाई संयन्त्रको सदस्यमा चयन गरिएको छ ।

बेनपा ७ मा रामकृष्ण बराइली, कुबिर श्रेष्ठ, लक्ष्मण शर्मा, पदम किसान, बेनपा ८ मा ठाकुर शर्मा, लीलाराम गौतम, देवी केसी, अमृत विश्वकर्मा, बेनपा ९ मा रुद्र रेग्मी, खिमबहादुर चोखाल (बाबुराम), झरक वि.क, सन्दिप खत्री (प्रविण), बेनपा १० पात्लेखेतमा कृष्ण मल्ल, योगेन्द्रमान गौचन, केशबहादुर बस्याल र प्रेमप्रसाद शर्मा संयन्त्रमा चयन हुनुभएको छ ।

यसैगरी जिल्ला संयन्त्रका देवेन्द्र केसी र शेरबहादुर केसीको उपस्थितिमा जेष्ठ सदस्य बागवीर पाइजाको अध्यक्षतामा पोखरेबगरमा आइतबारनै बसेको बैठकले अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडामा संयन्त्र विस्तार गरेको छ ।

दोवामा तुलबहादुर पुर्जा, तमबहादुर बि.क, कुलबहादुर पुर्जा, बोमाया गर्बुजा, भुरुङ–तातोपानीमा ओमप्रकाश फगामी, यामबहादुर फगामी, देव पुन र बिरबहादुर पौडेल, दानामा थमबहादुर बि.क, लालबहादुर तिलिजा, रमेश पुर्जा र नन्दबहादुर पुन, नारच्याङमा नन्दबहादुर तिलिजा, जयबहादुर चोचाङ्गी, रोमबहादुर बुद्धुजा र तमबहादुर पुर्जा चयन हुनुभएको छ ।

शिखमा कृष्ण तिलिजा, तेसराम पुर्जा, ज्ञानबहादुर शेरपुञ्जा र उदीप्रसाद पाइजा, घारमा यामबहादुर खड्का, राजाराम बरुवाल, नानीमाया बरुवाल, धनबहादुर बरुवाल, हिस्तानमा सुवेदार नन्दबहादुर गर्बुजा, कविता गर्बुजा, चन्द्रबहादुर पुर्जा, मनबहादुर पुर्जा, राम्चेमा थमन तिलिजा, सबहादुर पुन, खमबहादुर गर्बुजा र फसबहादुर पुर्जा सदस्यमा चयन हुनुभएको छ ।

यसैगरी मालिका गाउँपालिकाको दरवाङमा जिल्ला सयन्त्रका हरिकृष्ण श्रेष्ठ र रेशम जुग्जालीको उपस्थितिमा बसेको पालिका स्तरीय संयन्त्रको बैठकले सात वटै वडामा संयन्त्र विस्तार गरेका पालिका संयन्त्रकी सदस्य खरमाया बिटालुले बताउनुभयो ।
निस्कोटमा वुद्धि पुन, यामबहादुर चोचाङ्गी, रमेश पुन र राजु बि.क, रुममा नरबहादुर पुन, समबहादुर बिक, हर्क दर्जी र गोपाल रोका, डाडागाउँमा हेमबहादुर पुन, खिममाया बि.क, सरस्वती पुन र बलबहादुर पुन संयन्त्रमा चयन हुनुभएको छ ।

ओखरबोटमा दधिलाल कँडेल, गर्बे गुरुङ, रेशम पुन, गौरी सेञ्चुरी, देविस्थानमा कुलबहादुर घर्ती, मिना फगामी, रविन्द्र राना, हिरा बि.क, दरवाङमा खिम रोका, सन्तनाथ जैसी, खड्ग छन्त्याल, ओमकार रोका र बिममा वुद्धिबहादुर जुग्जाली, रगप्रसाद शेरपुञ्जा, टुकलाल पुन र माया शर्मा संयन्त्रको सदस्यमा चयन हुनुभएको जिल्ला संयन्त्रका नेता जुग्जालीले बताउनुभयो ।