गुर्जा हिमालको आधार शिविरबाट मृतक पर्यटकहरुको शब उद्धार

  • २८ आश्विन २०७५, आईतवार
  • 1982 पटक पढिएको

 

म्याग्दी, २८ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणको क्रममा आधार शिविरमै आँधीहुरीमा परेर ज्यान गुमाएका ९ जना पर्यटकहरुको शब आईतबार उद्धार गरिएको छ ।

आईतवार सिम्रीक एयरको हेलिकप्टर मार्फत गुर्जा हिमालको आधार शिविरबाट मृतकहरुको शबलाई पोखरा लागिएका हो । तालिम प्राप्त टोली र स्थानीयको सक्रियतामा आधार शिविरमा क्षतविक्षत अवस्थामा रहेका ९ वटैको सबलाई संकलन गरि ८ वटाको शबलाई पोखरा लगिएको छ

सो आँधीहुरीमा परेर ज्यान गुमाएका म्याग्दीको गुर्जाकै नेत्रबहादुर छन्त्यालको शबलाई भने हेलिकप्टर मार्फत बेनी अस्पतालमा पोष्ट मार्टम गरि पुनः गुर्जा नै पठाईएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । स्थानीय र उद्धारकर्मीहरुको टोलीले आधार शिविरमा छरिएर रहेका सबहरुलाई संकलन गरि चार ट्रिपमा गुर्जा ल्याउन सफल भएका थिए ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि आएका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राको लागि पुगेका १÷१ जना नेपाली र कोरियाली नागरिकको हिम आँधीहुरीको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।