चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन कार्यक्रम हुँदै

  • २१ चैत्र २०७३, सोमबार
  • 10770 पटक पढिएको

म्याग्दी, २१ चैत । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आगामी बैशाख १६ गते काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको क्षेत्रमा ख्यातीप्राप्त गायक गर्बुजाको एकल गायन कार्यक्रमलाई सफल बनाउन आबश्यक तयारीलाई तिब्र पारिएको आयोजकले जनाएको छ ।

संघले सोमबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष मिना गर्बुजाले कार्यक्रमको लागि प्रायोजकहरुको खोजी, आर्थिक संकलन, टिकट विक्रि संगै प्रचार प्रसारको कामलाई तिब्रता दिईएको जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितीले मुख्य प्रायोजन गरेको छ । त्यसैगरि अष्टे«लियाको सिड्नीमा रहेका म्याग्देलि परिवारले प्रायोजक र मोना होल्याण्डले सह–प्रायोजकको सहयोग गर्ने प्रतिबद्धता जनाएको संघका सचिब राम गगनले जानकारी दिनुभयो ।

संघले प्रमुख प्रायोजकको सम्मान स्वरुप कार्यक्रमको नाम मोना आईईसि खड्क गर्वुजा एकल लोक गायन भनेर प्रचार प्रासर गर्न थालेको छ । नेपाली लोक गीत, संगीत तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने  र कलाकार कल्याणकारी कोष स्थापना गर्ने उदेश्यले कार्यक्रम अयोजना गरिएको संघका द्धितिय उपाध्यक्ष लाली बुढाथोकीले बताउनुभयो । करिब १७ लाख आम्दानी गर्ने र रु १३ खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट बचत हुन आएको करिब चार लाख रकमलाई कलाकार कल्याणकारी कोषमा राखिने बुढाथोकीले जानकारी दिनुभयो ।
झण्डै एक हजार लोक तथा दोहोरी र सालैजो लगायतका भाकाहरुको गितमा स्वर दिएका गर्वुजा धौलागिरीमा मात्रै नभएर स्वदेश तथा विदेशमा समेत लोकप्रिय गायक मानिनुहुन्छ । उहाँको सो एकल गायन कार्यक्रमको इमेज टेलिभिजन मार्फत पत्येक्ष प्रशारण गरिने तयारी समेत गरिएको संघले जनाएको छ । संघका सदस्य दिलकुमारी गर्वुजा लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन गायक सज्जन बोहोराले गर्नुभएको थियो ।