राधाकृष्ण कृषि सहकारीको तीन करोड कारोबार

  • २७ आश्विन २०७५, शनिबार
  • 1596 पटक पढिएको

बेनी २७ असोज । बेनी नगरपालिका २ खबरामा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा तीन करोड १५ लाख १६ हजार रुपैयाँ आर्थिक कारोबार गरेको छ । सहकारीको शुक्रबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र दुई करोड २८ लाख ३१ हजार रुपैयाँ लगानी भएको जानकारी गराइएको थियो ।

कोषाध्यक्ष मिनाकुमारी शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ४२ लाख ८२ हजार ६८५ रुपैया आम्दानी र ३६ लाख ८७ हजार ६८६ रुपैया खर्च तथा पाँच लाख ९४ हजार रुपैया मुनाफा भएको जानकारी दिनुभयो । ६८४ जना सदस्यको ९१ लख ७० हजार रुपैया सेयर रहेको सहकारीले कृषि क्षेत्रमा लगानी केन्द्रित गर्ने निर्णय भएको अध्यक्ष भद्रबहादुर कार्कीले बताउनुभयो । ब्यापार, बैदेशिक रोजगार र घरजग्गामा लगानी कटौती गरी गाईभैसी, कुखुरा, बाख्रापालन, फलफुल, तरकारी, अन्नबाली खेती र गह सुधारमा लगानी केन्द्रित गर्ने अध्यक्ष कार्कीले बताउनुयभो ।

साधारणसभामा वडा अध्यक्ष हिराबहादुर थापाले तरकारी, केरा खेती, कुखुरा र गाईभैसीपालनको सम्भावना रहेको खबरामा सहकारीले कृषि क्षेत्रमा परिवर्तन ल्याउन अगुवाई गर्नुपर्ने बताउनुभयो । जामुनाखर्क माविका प्रअ शिवकुमार खत्री, पूर्व प्रअ टिकाबहादुर कार्की, क्षेत्रबहादुर कटुवाल, हातेमालो कृषि सहकारीका अध्यक्ष चन्द्रबहादुर घिमीरेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष भन्द्रबहादुर कार्कीको अध्यक्षता, सचिव सोवित शर्माको सञ्चालन र कृषि समितिका संयोजक तुलसी सापकोटाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।