शान्ति समाजको साधारणसभा सम्पन्न

  • २७ आश्विन २०७५, शनिबार
  • 1751 पटक पढिएको

बेनी २७ असोज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सोहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले मानवअधिकारको रक्षाका लागि राज्य जिम्मेवार र नागरीकले आफ्नो दायीत्व बोध गर्नुपर्नेमा जोड दिएका थिए । पमुख अतिथि जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सरकारले जेष्ठ नागरिकका लागि अधिकार सहितको कानुन बनाएपनि कार्यान्वयन नहुँदा सुबिधा पाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा समाजका केन्द्रीय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, स्रोत व्यक्ति दुर्गाराम सुवेदी, पुर्व शाखा सभापती सञ्जयकुमार श्रेष्ठ, मुक्तिप्रसाद ढुङ्गाना, बार एशोसीयसनका ईश्वर गिरी र नागरिक समाजका सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

शाखा सभापति ठाकुरप्रसाद शर्माको अध्यक्षता, उपसभापति नवराज पौडेलको स्वागत र सहसचिव शिव सुवेदीको सञ्चालनमा सम्पन्न साधारणसभाले सचिव सन्तोष गौतमको प्रगति र कोषाध्यक्ष मुकुन्द आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रमुख अतिथि श्रेष्ठले समाजलाई छ हजार रुपैया सहयोग गर्नुभएको थियो भने साधारण सदस्य भिमकुमारी बानिया (लक्ष्मी)ले आजिवन सदस्यता लिनुभएको थियो ।