प्रवासीद्धारा विद्यालय र मन्दिरलाई सहयोग

  • २७ आश्विन २०७५, शनिबार
  • 1580 पटक पढिएको

बेनी २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका एक प्रवासीले विद्यालय र मन्दिरलाई करिब साढे तीन लाख रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।हाल बेलायतमा बस्दै आउनुभएका रनबहादुर पुर्जाले दिवंगत श्रीमती जगमतीको स्मृतीमा ज्ञानप्रकाश मावी र पुण्यश्वर महादेव शिवालय मन्दिरलाई तीन लाख चालीस हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलोमा आउनुभएका पुर्जाले शनिबार ज्ञानप्रकाश माविको भवन निर्माणका लागि एक लाख सत्तरी हजार र मन्दिरलाई एक लाख सत्तरी हजार रुपैया उपलब्ध गराउनुभएको ज्ञानप्रकाश माविको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।