गरिमाको बेनी शाखा उत्कृष्ट

  • २७ आश्विन २०७५, शनिबार
  • 1301 पटक पढिएको

बेनी २७ असोज । गरिमा विकास बैङ्क लिमिटेडको बेनी स्थित शाखा उत्कृष्ट बनेको छ । बैङ्कको शुक्रबार पोखरामा भएको १२ औ वार्षिक साधारणसभामा बेनी शाखा देशभरका मध्य उत्कृष्ट दोस्रो स्थानमा घोषणा गर्दै प्रबन्धक कमलप्रसाद ढुङ्गानालाई सम्मान गरिएको थियो ।

देशभरका ६३ वटा मध्य बैङ्कले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कनमा काठमाडौको गोंगबु शाखा पहिलो र नवलपरासीको सुनवल शाखा तेस्रो भएका छन् । गत आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ निक्षेप संकलन, २० अर्ब कर्जा लगानी र ६९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको गरिमाले १३.७५ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।

बेनीमा केन्द्रिय कार्यालय रहेको तत्कालिन निलगिरि विकास बैंकसंग एकिकरण भएको गरिमाको बेनी शाखाले स्ट्याण्ड भिजा कार्ज सेवा पनि सुरु गरेको शाखा प्रबन्धक ढुङगानाले बताउनुभयो ।