हिमआँधीबाट ज्यान गुमाएकाहरुको उद्धारको लागि पहल भैरहेको छः प्रअिज अधिकारी

  • २७ आश्विन २०७५, शनिबार
  • 1991 पटक पढिएको

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेर हिमआँधीबाट ज्यान गुमाएका र वेपत्ता भएकाहरुको उद्धारको लागि चौतर्फि पहल भैरहेको छ । हिमाल आरोहणको लागि पर्यटक लगेर गएको प्रोजेक्ट वे कम्पनीले हेलीकप्टर मार्फत उद्धारको काम गर्ने प्रयास गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । विहान गएको सिम्रीक एयरको हेलीकप्टरका प्रतिनिधिले शबहरु छरिएर रहेको रिपोर्ट गरे अनुसार कम्पनीले थप दक्ष जनशक्ति सहितको टिमलाई अर्को हेलीकप्टर मार्फत पुन आधार शिविर जाने तयारी गरेको खवर आएको प्रअिज अधिकारीले जानकारी दिनुभयो ।

हिमाली क्षेत्र भएकाले सम्बेदनशिल भएर उद्धार गर्नुपर्ने र मौसमले समेत साथ नदिने समस्याले केही जटिलता हुन सक्ने भएपनि आँधीबाट ज्यान गुमाएका र वेपक्ता पर्यटकको खोजीको लागि चौतर्फि पहल भएको उहाँले जानकारी दिनुभयो । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको छ भने एक जना वेपत्ता छन् । हिमआँधीमा गुर्जाकै नेत्रबहादुर छन्त्याल समेत परेका छन् । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधी हुरीको कारण दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।

। उहाँका अनुसार, आधार शिविरमा उनीहरुको सब अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टर समेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताईएको छ । असोज २१ गते सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागी गएका स्थानीयको टोलीले उनीहरु मृत अबस्थामा भेटीएको पुष्टी गरेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।