चौथो एभरग्रिन कपको उपाधी आयोजकलाई

  • २६ आश्विन २०७५, शुक्रबार
  • 2708 पटक पढिएको

बेनी २६ असोज । बेनीमा शुक्रबार सम्पन्न चौथो एभरग्रिन कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेका छन् । आयोजक एभरग्रिन कल्वको सेतो समूहले हरियो समूहलाई १ का विरुद्ध ३ गोल गर्दै उपाधी जितेको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख तीस हजार र सत्तरी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

दशै तथा तिहार पर्वको अवसरमा असोज २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ समूहले सहभागिता जनाएका थिए । एभरग्रिनको सेतोले उत्साही समूह पर्वत बेनीलाई शून्यका विरुद्ध २ गोल र हरियोले गाढा हरियोलाई २ का विरुद्ध ५ गोल गर्दै फाइनलमा प्रवेश गरेका थिए ।


सेमिफाईनलबाट बाहिरीएका एभरग्रिन गाढा हरियो र उत्साही समूह पर्वत बेनीले पन्ध्र, पन्ध्र हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । अनुशासीत समूहको उपाधि पाएको सेभेनस्टार युवा कल्वले पन्ध्र हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडी साजन गर्बुजा, वेष्ट स्टाइकर कमल थापा, वेष्ट डिफेन्टर पुनर छन्त्याल, वेष्ट मिडफिल्डर गोविन थापा, वेष्ट गोलरक्षक ब्रदेश शाक्य र ७ गोल गरेका बिनोद गुरुङले सर्वाधीक गोलकर्ताको रुपमा नगद पाँच हजार रुपैयाका दरले पुरस्कार प्राप्त गरेका छन् ।


लायन्स कल्वका सल्लाहकार सन्तोष रावल, कल्वका अध्यक्ष ललित पुर्जा, सल्लाहकार सुरेन्द्र अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।