नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र निर्माण

  • २६ आश्विन २०७५, शुक्रबार
  • 1813 पटक पढिएको

म्याग्दी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ ।

जिल्ला संयन्त्रले दिपक कार्की, रिम कटुवाल, निरज पुन, हरि भण्डारी, ध्रुव सुवेदी र पदम शेरपुञ्जालाई चयन गरि रघुगंगा गाउँपालिका स्तरीय संयन्त्र गठन गरेको थियो । रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रमा रहेका सदस्यहरुको सहभागीता रहेको बैठकले आगामी मंसिर १ गते गाउँपालिका स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा नेकपाको पार्टी कार्यालय स्थापनाको लागि दिपक कार्की र रिम कटुवाललाई आबश्यक व्यवस्थापनको जिम्मेवारी समेत दिईएको छ । दिपक कार्कीको अध्यक्षतामा बसेको बैठकमा नेकपा म्याग्दीको जिल्ला संयन्त्रका सदस्य बालकृष्ण सुवेदी र टेक बहादुर विश्वकर्माले समसामयिक बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।