म्याग्दीकी रुप्सिना पुन बनीन् काठमाण्डौ फेशन अवार्डको बिजेता

  • २६ आश्विन २०७५, शुक्रबार
  • 2992 पटक पढिएको

म्याग्दी,२६ असोज । काठमाण्डौको बानेश्वरमा भएको काठमाण्डौ फेशन उईक २०१८को भोलुम एकको बिजेता म्याग्दीकी रुप्सिना पुन भएकी छिन । बेनी नगरपालिका ८ गणेशटोलकी पुन हाल काठमाण्डौमा एयरहोस्टेज गदैछिन । बेनी सामुदायिक बिद्यालयबाट कक्षा १२ उर्तिण गरेकी पुनले मोडेल सोङस् प्रालिले आयोजना गरेको फेशन उईक बिजेता हुदै अवार्ड संगै बिजेताको ताज पहिरेकी हुन । सानै उमेरको छोरीले काठमाण्डौ फेशन अवार्डको ताज पहिरिएर परिवारमा खुसी छाएको उनका बुबा हिरा पुनले बताए ।


५ वटा बिद्यामा भएको फेशन अवार्डमा उनले अभिनय संगै हरेक हप्ता आयोजकले दिने प्रतिष्पर्धामा सबै भन्दा उत्कृष्ट प्रस्तुती दिदै ११ जनालाई पछि पारेर बिजेता बनेकी हुन । पहिलो अडिसनमा साथिहरुको साथले गर्दा गएको र नजीताले आफुलाई थप प्रेरणा मिलेको पुनले बताईन । अव फेशन संगै म्युजिक भिडियोमा पनि अफर आएकोले छिटै म्युजिक भिडियोमा पनि अभिनय गर्ने पुनको भनाई छ ।