यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत

  • २६ आश्विन २०७५, शुक्रबार
  • 1836 पटक पढिएको

बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पत्रकारहरु सन्तोष गौतम, हरिकृष्ण गौतम, प्रकाश पौडेल, होटल ब्यवसायी बाबुराम आचार्य, राजन लामा, भलिबल खेलाडी तेजेन्द्र बानिया, कलाकार धु्रब जिसी, महिला उद्यमी लिलादेवी पुनलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनपाकी उपमेयर सञ्जु बरुवाल, होटलकी सञ्चालक बिमला गौचन, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल लगायतले सम्मान गर्नुभएको थियो ।

आरामदायी कोठा, थकाली खानाका परिकार, सभाहल लगायतको सुबिधा रहेको होटलको सुबिधा र क्षमता विस्तार गरी स्तरीय सेवा दिने सञ्चालक गौचनले बताउनुभयो । रजत जयन्तीको अवसरमा कलाकारहरु ध्रुब जिसी, अमित विश्वकर्मा, रवी कार्की, पदम विश्वकर्मा लगायतले गित र नृत्य प्रस्तुत गर्नुभएको थियो ।