बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण

  • २६ आश्विन २०७५, शुक्रबार
  • 2405 पटक पढिएको

बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो ।


अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय गरेर अस्पतालको सेवालाई गुणस्तरीय र भौतिक पूर्वाधारलाई ब्यवस्थित बनाउन प्राथमिकता दिने बताउनुभयो । संघीय संरचना कार्यान्वयनसँगै जिल्ला अस्पताल प्रदेश सरकार मातहत पुगेको छ ।


निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भुषण सुवेदीको अध्यक्षता, नायव सुब्बा त्रिबिक्रम आचार्यको सञ्चालन, लिलानाथ पौडेलको स्वागत मन्तब्य र प्रजिअ लीलाधर अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बेनपाका उपप्रमुख सञ्जु बरुवाल, व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रकुमार केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।