दोस्रो टोड्के महोत्सवको तयारी तिब्र

  • १५ फाल्गुन २०७२, शनिबार
  • 1913 पटक पढिएको

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हुने दोस्रो टोड्के महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढाईएको छ ।
यहि फागुन २५ देखी २९ गतेसम्म हुने महोत्सवको लागि आर्थिक संकलन कार्यलार्य अगाडी बढाईको छ। बिहिबार सम्म करिव ११ लाख आर्थिक संकलन भएका कोषका उपाध्यक्ष बाबुराम आर्चायले जानकारी दिनु भएको छ ।

kunhu

टोड्के क्षेत्र विकास कोषको मुल आयोजनामा हुन लागेको महोत्सवलाई स्वदेश तथा विदेशबाट समेत सहयोग आउने क्रम जारी रहेको छ ।यो ‘महोत्सव जिल्लाको पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने आर्चायको भनाई छ । जिल्लालाई नै चिनाउने गरी महोत्सवको तयारीमा जुटेका छौ’ आचार्यले भने । महत्वपुर्ण पर्यटकीय क्षेत्र भएपनि ओझेलमा परेको टोड्कमा धमाधम पुर्वाधार विस्तार भइरहेको छ ।

टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन बहादुर खत्रीका अनुसार महोत्सवले जिल्लाको पर्यटनको क्षेत्रमा राज्यको नजर पु¥याउने बताए । उनले महोत्सवका बारेमा पर्यटन परिषद् सहित पर्यटनका क्षेत्रमा सक्रिय रहेका संघसंस्थालाई समेत जानकारी गराइएकाले पनि राज्यका निकायबाट समेत सहयोगको अपेक्षा गरिएको बताए । महोत्सवमा खाना र बस्नका लागि निश्चित शुल्क निर्धारण गरी टेन्टको ब्यवस्था समेत गरिएको छ ।

पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटक स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण, स्थानीय उत्पादन,सामुदायिक लज, भि–टावर निर्माण लगाएतका पूर्वााधार बनाउने योजना समेत रहेको छ ।

रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् । पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको थियो ।