भुइमा बसेर अध्ययन गर्न बाध्य बालबालीकालाइ सहयाेग जुटाइदै

  • २५ आश्विन २०७५, बिहीबार
  • 1779 पटक पढिएको

सुन्दा पनि अचम्म लाग्ला २१ अाैं शताब्दीमा कैलाली जिल्ला , लम्कीचुवा नगरपालिका १ मा मुक्तकमैया करिब ५० बालबालिका बिधालय बाहिर भुइँमा बसेर पढ्न बाध्य छन । सरकार र स्थानीयबाट अपहेलित , गरिबी र अशिक्षाले कैलालीका मुक्तकमैया बालबालिकालाई बिधायल छैन । बिधालय जान २ घण्टा हिड्नु पर्छ । बालबालिकालाई शिक्षा दिन स्थानीयले बनाएकाे नमुना अध्ययन गृह पुरानाे भई भत्कि नै लागेकाे एक काेठे भवन न झ्याल छ न ढाेका नै यस्तो जाडाेमा चिसाे र गर्मीमा पाेल्ने पीडा सहेर पनि भुँइमा बसेर पढ्ने बाध्य छन ।

हाल स्थानीय युवाहरुकाे पहलमा सिर्जनशिल युवा क्लब खाेलेर नमुना अध्ययन गृह बनाउन सामाजिक सँजाल ( फेसबुक) बाटै सहयोग अपिल गरिएकाे हाे । उक्त नमुना गृहअपिल सुनेपनि म्याग्दी जिल्ला , रत्नेचाैर निबासी हाल राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत सामाजिक अभियान्ता अाशिष परियार – झिल्केले फेसबुकबाटै सत्ताइस हजार एक सय पैंसट्ठी रुपैयाँ ( २७,१६५ ) संकलन गरि क्लबका अध्यक्ष जनक सुनारलाई पठाएकाे  बताए । बिधालय बाहिर रहेर भए पनि मुक्त कमैया बालबालिकालाई शिक्षा दिने उद्धेश्यले बन्न लागेकाे नमुना अध्ययन गृह गत सेप्टेम्बर १९ तारिकका दिन । boogi woogi बिजेता कबिता नेपालीले शिलान्यास गरेकी हुन ।

शिक्षा नै जिवनकाे ज्याेति हाे भन्दै देश बिदेशबाट अाफ्नाे गाँस काटेर सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक सलाम । अन्य सहयोगीहरुले पनि साथ दिनुहुन अभियान्ता अाशिष परियारले अपिल गरेका छन । थप जानकारी :- – Janak Sunar -( 988096317 ) कैलाली A/C Name:- Creative Nepal A/C No:-0824901292113011 Bank :- Agricultural Development Bank , lamki Kailali