चर्चित कलाकारहरुले यसरी हँसाए बेनीमा (फोटो फिचर)

  • २० चैत्र २०७३, आईतवार
  • 3017 पटक पढिएको

म्याग्दी, २० चैत । आईतवार म्याग्दी सदरमुकाम बेनीमा चर्चित हाँस्यकलाकाहरुले भरपूर्ण मनोरञ्जन दिएका छन् ।

युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा भएको  गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुले हाँस्यव्यङ्गे, प्रहशन , नृत्य र गित मार्फत दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका हुन् ।


बेनी स्थित रुचि चलचित्र मन्दिरको हलमा खचाखच दर्शकले भरिएकोे कार्यक्रममा तक्मे बुढा ( वेलसन बिक्रम राई), जितु नेपाल (मुन्द्रे) , सुरेन्द्र के.सी, ( मुलाको साग), शिव शंकर रिजाल (पान वाला), राजा (राजेन्द्र पोख्रेल) ,गायिका माण्डवी त्रिपाठी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

उनीहरुले समसामयिक बिषयमा हाँस्यव्यङ्गे प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार रविना भण्डारी, सुकुदेवी गर्वुजा, सोनियाँ पुन लगायतका कलकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
जेसीजको संस्थागत विकासका निम्ती आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायाधीस रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, जेसीजका शाखा अध्यक्ष नारायणकुमार बराल, निवर्तमान राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, कार्यक्रमका मुल संयोजक सुमन श्रेष्ठ लगायतले कलाकारहरुलाई मायाँको चिनो प्रदान गर्नुभएको थियो ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष बरालले स्वागत गनुृभएको कार्यक्रमको सञ्चालन महासचिब खम थापाले गर्नुभएको थियो ।