ज्ञानोदयमा त्रिदिवसीय खेलकुद कार्यक्रम सम्पन्न

  • २४ आश्विन २०७५, बुधबार
  • 2531 पटक पढिएको

म्याग्दी, २४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३  माैवाफाँटमा रहेको ज्ञानोदय माविमा त्रिदीवसीय खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा छात्र र छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको विद्यालयका खेलशिक्षक दामोदर रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, विद्यालयमा एक सय, २ सय, ४ सय र १६ सय मिटरको दौड, आधारभुत र मावि स्तरीय कबड्डी प्रतियोगिता समेत सम्पन्न भएको छ ।

विद्यालयका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षता र शिक्षक आकृति रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ सुवेदी, सहायक प्रअ पशुराम गौँडेलले बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले विद्यार्थीहरुलाई पुरस्कारको प्रायोजन गर्नुभएको थियो ।