राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण सम्पन्न

  • २३ आश्विन २०७५, मंगलवार
  • 1873 पटक पढिएको


म्याग्दी, २३ असोज । बेनी नगरपालिका–९ नेप्टेचौरमा रहेको राष्ट्रिय माविको बृहत खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय अन्तरगत युवा रेडक्रस सर्कल, धौलागिरि बाल क्लव र आदर्श पुस्तकालयको सयुक्त आयोजनामा असोज १९ गतेबाट सुरु भएको बहृत खेलकदु कार्यक्रमको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान मंगलबार सम्पन्न भएको हो ।


युवा रेडक्रस सर्कलका अध्यक्ष कक्षा १० का छात्र सलिन कार्कीको अध्यक्षता, बेनी नगरपालिका वडा– ९ का वडाध्यक्ष बेल बहादुर चोखालको प्रमुख आतिथ्यता एवम् नेपाल रेडक्रस सोसाइटी, घतान उपशाखाका सभापति कृष्णप्रसाद सुबेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद ढुङ्गाना र रश्मी बानियाँ खड्काले गरेकी थिईन ।

शिक्षक नायक रामचन्द्र पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा छात्र तथा छात्राको बेलुन फुटाइ, चम्चा दौड, बोरा दौड, अन्ध निशान, हाइजम्प, लङजम्प, १००×४ मिटर रिले दौड, ३ हजार मिटर म्याराथन दौड, भलिबल तथा फुटबल एवम् महिला शिक्षक र अभिभावकको म्युजिकल चियर खेलमा प्रथम, द्वितीय र तृतीय भै विजयी हुने खेलाडीहरूलाई पुरस्कार पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।
बाल क्लव अध्यक्ष श्रीषा कार्की, प्रधानाध्यापक तारादेवी चोखाल, विशिष्ट अतिथि सुबेदी र प्रमुख आतिथि चोखालले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा शैक्षिक सत्र २०७५ को प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बिभिन्न विद्यार्थीहरूले एकल, युगल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।